Friday, August 12, 2016

कैलालीमा बस दुर्घटना दुईको मृत्यु

kailali_districtधनगढी, २८ साउन । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा गएराति करिब १ बजे ना ६ ख १६९१ नंको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बसमा सवार अन्य नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैैलालीले मृत्यु हुनेमा डोटी जिल्ला वासुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र २८ वर्षकै खगेन्द्र विक रहेका छन् ।

दिपायलबाट धनगढी आउँदै गरेको उक्त बस गएराति १.०० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये डोटी जिल्ला लडागडा गाविसका ३५ वर्षीय महावीर कठायत र कैलाली जिल्ला अत्तरिया नगरपालिकाका २५ वर्षीय चालक शेरबहादुर कडायतको अवस्था गम्भीर रहेको छ । दुई जनालाई थप उपचारका लागि भारत सिफारिस गरिएको छ ।

अन्य सातजनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...