Wednesday, August 24, 2016

भेटिवरले भूक्षय रोकिने भूगर्वविद्को दाबी

jharकाँकडभिट्टा (झापा), ९ भदौ । भूगर्वविद् तथा इन्जिनियरले बाढी पहिरो नियन्त्रण तथा भूसंरक्षणमा भेटिवर रोपण प्रविधिको प्रयोग सस्तो र उपयोगी हुने बताएका छन् ।

भेटिवर एक प्रकारको झारजन्य वनस्पति हो जसको बोट कुशको जस्तो हुन्छ भने जरा शक्तिशाली तारजाली जस्तो आठ फिट लामो हुन्छ । भूक्षय रोक्नका लागि यसले जैविक पर्खालको काम गर्ने विज्ञहरु बताउँछन् ।

स्टेज नेपाल तथा भेटिवर नेटवर्कमा आबद्ध विज्ञले बुधबार मेचीनगर नगरपालिकाको सभाहलमा भेटिवरको उपयोगिता बारेमा जानकारी दिएका हुन् ।

स्टेज नेपालका अध्यक्ष इन्जिनियर सञ्जय देवकोटाले नदी नियन्त्रण र भूक्षय रोकथाममा भेटिवरको प्रयोग हाल विश्वव्यापीरुपमा लोकप्रिय भइरहेको बताउनुभयो । यो वनस्पतिलाई जस्तोसुकै डाँडापाखा र बगरमा रोप्न सकिने र हुर्किएको ६ महिनापछि नै जरा फैलाएर भूसंरक्षण गर्न थाल्ने उहाँको भनाइ छ ।

भारत, अमेरिका, केन्या, थाइल्यान्ड लगायतका मुलुकका सडक र नदी किनारमा भूक्षय रोक्न भेटिवरको अनिवार्यरुपमा रोपण गर्न थालिएको उहाँले बताउनुभयो । नेपालमा भेटिवर भित्र्याउने भूगर्वविद् राम श्रेष्ठले ढुङ्गाको ग्याभियन पर्खालभन्दा भेटिवर रोपेर बाढी नियन्त्रण प्रभावकारी हुने दाबी गर्नुभयो ।

झापाको विरिङ, कनकाइ, मावा लगायतका नदीमा बाढी नियन्त्रणका लागि पाइलट प्रोजेक्टका रुपमा भेटिवर रोपिएको छ । शिवसताक्षी नगरपालिकाका किसानले भेटिवरको नर्सरी नै स्थापना गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...