Thursday, August 25, 2016

लोकतान्त्रिक आन्दोलनमा मङ्गलादेवीको ठूलो योगदान

prakash maan signकाठमाडौँ, १० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मङ्गलादेवी सिंहको ठूलो योगदान रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उहाँको शालिकमा माल्यार्पण गर्दै सिंहले जहानियाँ राणा शासनका विरुद्ध खेल्नुभएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिलाको हकहितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफँैमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो ।”

नेता सिंहले मुलुकको राजनीति चुनौतीपूर्ण रहेको भन्दै यो चुनौतीको सामना गर्न राजनीतिक दलबीच एकजुट हुनु आवश्यक रहेको औँल्याउनुभयो ।

महिला सङ्घकी संस्थापक तथा स्व गणेशमान सिंहकी धर्मपत्नी नेता सिंहको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...