Saturday, August 13, 2016

शक्ति सन्तुलन मिल्न नसक्दा एकीकरण हुन सकेन : राणा

PashuPati-JBRकाठमाडौँ, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपा नेपालसंँगको शक्ति सन्तुलन मिल्न नसकेका कारण पार्टी एकीकरण हुन नसकेको बताउनुभएको छ ।

संवाद क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा नेता राणाले राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्षको काम, कर्तव्य र अधिकारलाई सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकीकरण रोकिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–“राप्रपा नेपालसंँग एकता प्रक्रिया अन्त्य नभएर अवरुद्ध मात्र भएको हो, निकट भविष्यमा एकताको सम्भावना छ ।”

तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित मन्त्री दीपक बोहरालाई पार्टीले निर्देशन दिएको जानकारी उहाँले दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...