नेपालको चर्चित सांगीतिक रक ब्यान्ड १९७४ एडीले अमेरिकाको टेक्सास राज्यको डालसमा आफ्नो प्रस्तुति गर्ने भएको छ l सन् १९९३ मा निराकार याक्थुम्बा, फिरोज स्याङ्देन र भानु एले १९७४ एडीको स्थापना गरिएको १९७४ एडीमा गायक रोहितजोन क्षेत्री र प्रज्जवल मुखिया १९७४ एडीमा आवद्ध भएका छन् l
यसै गरि गायक एड्रियन प्रधान र गिटारिस्ट मनोजकुमार केसी १९९८ मा ब्यान्डसंग आवद्ध भएका थिए । हाल आएर १९७४ एडीको २३ वर्ष सांगीतिक यात्रामा एड्रियन प्रधान, फिरोज स्याङदेन, निराकार याक्थुम्बा, मनोजकुमार केसी, संञ्जय श्रेष्ठ, मनोस सिंह र भानु ए लगायत आवद्ध भइसकेका छन् ।
भर्खर नेपालमा ‘१९७४ एडीमा नयाँ सदस्यहरु आवद्ध भए पछि ‘हजार सपना’ सार्वजनिक गरेका छन् भने १९७४ एडीले नयाँ एल्मबमा ‘सानैको’ र ‘हजार सपना’ लगायत आठ वटा गीतहरु समावेश गरेको छ।
टेक्सासको डालसमा हुन् गइ रहेको सांगीतिक यात्रामा पहिलो पटक आयोजना हुन् लागको हो l र प्रथम पटक पांच वटा संस्थाहरु ,नेपाल ११ ,माई ईलाइट ईवेन्ट ,आहा प्रो डक्स न तथा ईम्पायर इनटरटेनमेन्टले आयोजना गर्ने भएको जानकारी नेपाल ११ का प्रमुख प्याट्रिक सुबेदीले दिएका छन् l उनले अगाडी भने यस्तो मौका बारम्बार नाआउने हुनाले डालसका समुदायले कलाकारहरुलाई हौशला प्रदान गर्नु हुने कुरामा आफु विश्वस्त भएको बताए l
कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गर्न सम्पूर्ण डालस परिवार लागि परेका छन् सुबेदीले भने l यसै गरि सांगीतिक मण्डली तथा संगीत कार्यक्रमलाई पूर्ण समर्थन गर्न नेपाली समाज टेक्सास ,इन्द्रेणी कल्चरल एसोसिएसन् ,लाइन्स क्लब ,एनआरएन ,ब्लड डोनर्स अफ अमेरिका ,युएनसीओएन ,एफ १ ग्रुप ,मोमो इन्टरटेन्टमेन्ट ,डि टिइन्टरटेन्टमेन्ट ,डालस गोर्खाज ,हिमालयन हुप्स तथा युटिए नेपाली स्टुडेन्ट्स संस्थाहरु रहेका छन् l
No comments:
Post a Comment