काठमाडौँ, २० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनिर्वाचित प्रधानमन्त्री दाहालले देश र जनताका नाममा शपथ लिनुभएको थियो ।
विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश सुशीला कार्की,सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति एवम् मन्त्रीहरु, संवैैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी व्यवसायीलगायत उपस्थित हुनुहुन्थ्यो ।
शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहालको सम्मानमा राष्ट्रपति भण्डारीले शीतल निवास परिसरमा चियापानको आयोजना गर्नुभएको थियो ।
व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीले आजै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसैगरी राष्ट्रपति भण्डारीले रमेश लेखक, गौरीशङ्कर चौधरी र दलजीत श्रीपालीलाई मन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गर्दा ‘ईश्वर’ शब्द उच्चारण गर्न अस्वीकार गरेका छन् ।
संविधानमा उल्लेख भएअनुसार सपथ खुवाउने क्रममा राष्ट्रपति भण्डारी ईश्वर, देश र जनताका नाममा सपथ लिन्छु भन्ने हरफ उच्चारण गराएकी थिइन् । तर, प्रचण्डले देश र जनताको नाममा सपथ लिन्छु मात्रै भने । ईश्वर भन्ने शब्द उच्चारण गरेनन् ।
प्रचण्ड राष्ट्रिय पोशाकमा पनी देखिएनन् । उनले कोट पाइन्ट लगाएका थिए । तर, नेपालको राष्ट्रिय पोशाक अर्थात नेपालीको पहिचान दौरा सुरुवाललाई मान्ने गरिन्छ ।
त्यसैगरी माओवादीबाट उप्रधान तथा अर्थमन्त्रीको सपथ लिने क्रममा कृष्ण महराले पनी ईश्वर शब्दको उच्चारण गरेनन् । माओवादी मन्त्रीहरु गौरीशंकर थारु र दलजित श्रीपाइलीले सपथ लिनेक्रममा ईश्वर शब्दको उच्चारण गरेनन् । प्रधानमन्त्री प्रचण्डसहित माओवादी मन्त्रीहरुले संविधानमा उल्लेखित ईश्वर शब्द उच्चारण नगरेपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ ।
No comments:
Post a Comment