Monday, August 1, 2016

सर्वोच्च अदालतका न्यायाधीशद्वारा पदभार ग्रहण

-19180-0 (1)काठमाडौँ, १७ साउन । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका नवनियुक्त ११ जना न्यायाधीशलाई पदभार ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पदभार ग्रहण गराउनुभयो ।

नियुक्ति भएका न्यायाधीशहरुले आ–आफ्नो काम सुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले बताउनुभयो ।

नवनियुक्ति ११ जना न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहनुभएको छ । उहाँहरुले आजै पदभार ग्रहण गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...