Monday, August 1, 2016

सुगन्धि तेल युरोपमा निर्यात

oil-300x200कलैया, १७ साउन । कोल्हवी नगरपालिका–३ रुपहीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तामागढीले आर्थिक वर्ष २०७२÷७३ मा जडीबुटीबाट उत्पादित सुगन्धित तेल युरोपेली मुलुकमा निर्यात गरेको छ ।

सो कम्पनीले कुल १३ हजार ६६३ किलो सुगन्धित तेलमध्ये ८० प्रतिशत निर्यात गरेको उक्त कम्पनीका प्रमुख अजयकुमार जयसवालले जानकारी दिनुभयो । गत आवमा सो कम्पनीले कुल रु चार करोड ४३ लाख २४ हजारको छ हजार १९३ किलो मेन्था तेल, दुई हजार ८१४ किलो सिटोनेला तेल, दुई हजार ४४८ किलो लेमनग्रास तेल, एक हजार २१४ किलो पामारोजा तेल, ५२५ किलो युक्योलिब्टस तेल, ४११ किलो क्याभोमाइल तेल र ५५ किलो फ्रेन्स बेसिल तेल उत्पादन गरी रु एक करोड एक लाख ८९ हजार ६१० आय आर्जन गरेको थियो ।

उक्त कम्पनीले अघिल्लो आवमा कुल रु तीन करोड ८७ लाख दुई हजारको १३ हजार ४३० किलो सुगन्धित तेल बिक्रीबाट रु ५८ लाख ७४ हजार नाफा आर्जन गरेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...