न प्रतिदिन हरेक व्यक्तिहरुले पानी अभियानको नारालाई सफल होस् मात्र नभनेर स्वस्फूर्त आर्थिक सहयोग गर्ने घोषणा गरिरहेका छन् । पानी अभियानलाई गाउघरको बिशुद्द सामाजिक अभियान मान्दै र यो अभियान सफल पार्नैपर्छ । पानी अभियानलाई महाअभियान बनाउन आफु पनि लाग्ने र हरेक नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई अनुरोध गर्ने खबर पठाउदै श्रीमती निता श्रेष्ठले पानी अभियानलाई आफ्नो जन्म दिनको अवसर पारेर रु २१ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
स्मरण रहोस् पानी अभियानका अभियान कर्ता मित्र लाल पार्दे आफ्नो फेसबूकमा पानी अभियानको बारेमा लेख्छन् ” पानी अभियानले कसैसित माग्न हिड्दैन कसैसित हात थाप्न हिड्दैन तर पवित्र मन राखेर निस्वार्थ प्रेम सदभाव राखेर खुशी मनले गरेको सहयोग स्वीकार गर्दछ किन कि समाजको बिकास जबरजस्ती हुने होइन डर धम्कीले बिकास हुने होइन स्वस्फुर्त आत्मा जागेर समाजको बिकास सम्भब हुन्छ । दबाबले होइन गाली गरेर अनावश्यक आलोचना गरेर होइन , म तथा हामी पदको लागि होइन बिशुद्द समाजको हित कसरी गर्न सकिन्छ भन्ने सोचको अवधारणा हो पानी अभियान । ” साथै उनी पानी अभियानको बारेमा कसम खाँदै लेख्छन् । “शुरुमा बगाउन गार्हो थियो । शुरुवातमा असम्भव सोच भन्दै कतिले मजाक पनि गरेका थिए । हो यो तपस्या हो । तपस्यामा एउटै मन्त्र जपिन्छ । एउटै मन्त्र जप्दा जप्दा निश्कर्ष पनि निस्कन्छ । पानी अभियान शुरु भए देखि आज सम्म यो अभियानको रेलमा लाखौं चढ्दै हुनुहुन्छ । रेलमा शुरु देखि अन्तिम सम्म चलाउने ड्राइभर एकोहोरो रेल चलाउछ यात्राी चढ्छन्, झर्छन् आखिर ड्राइभरले गन्तब्यमा रेल पुर्याउछ । कसम खान्छु कि जब सम्म पानी अभियानको शुरुवाती गाउँ सफल हुन्न्न तब सम्म भोट् नहाल्ने (बर्षौ सम्म मेरा बाबा आमाले भोट् हालेर पानी पाउनु भएन भने मैले किन भोट् हाल्ने ) कुनै पनि पदमा न उठ्ने (आफ्नै बाबा आमालाई मैले पानी पिलाउन सक्दैन भने किन पद ओगटेर म यो गर्छु र त्यो गर्छु भन्ने ) हरेक घरमा धारो नहुँदा सम्म गाउँमै नजाने (सधैं सुक्खा सधैं पानीले पीडित गाउँमा गएर कठै मेरो गाउँ भनेर ओठे भक्ती किन देखाउनु जानै परे उद्देश्य पुरा गरेर घाँटी र भोटी भिजाउने पानी अभियानको नारा सफल पार्ने गरी जानेछु ) आखिर कोही बिदेश बसेर डिग्री बोकेर जान्छन् कोही पैसा बोकेर जान्छन् कोही दु:ख बोकेर जान्छन् सबैको साथ हुँदै गयो भने अवश्य पनि म एक दिन पानी बोकेर जानेछु । जसले जे सुकै सोचोस् हरेक घरमा धारो र हरेक गाउँमा सिचाइं नहुँदासम्म म कराइ रहनेछु, चिल्लाई रहनेछु” ।
No comments:
Post a Comment