Sunday, August 14, 2016

“मिस बिस्वकर्मा २०१६” को भाद्र १ गते देखि कोरियोग्राफी ट्रेनीङ सुरु

13920233_1133558906717182_4324345585384427077_o

काठमाडौँ : युवा पिडि बाटनै सकारत्मक समाज परिबर्तन गर्न  सम्भब छ भन्ने सोचका साथ ‘परिबर्तनको लागि हाम्रो आवाज’ भन्ने मुल नाराका साथ नेपालमै पहिलो पटक मिस बिश्वकर्मा २०१६  प्रतियोगिता हुदै छ ।तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचानको लागि क्रियटिभ इनसाइट मिडियाले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग  भएको सस्कृति, कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न  पहिलो पटक नेपालमा आयोजना गर्न लागेको यस प्रतियोगितामा  बिस्वकर्मा जाति लाइ लक्षित गरिएको छ। विशेष गरि तथाकथित  दलित समुदायलाई प्रतिनिधित्व गर्दै नेपालमा हुन लागेको यो पहिलो ठुलो प्रतियोगिता हुने आयोजक समितिले बताएको छ । नेपालकै दलित जातीयता भित्रको ठुलो सौन्दर्य प्रतियोगिता मिस बिस्वकर्मा २०१६ आयोजना गर्न लागीएकोमा  आयोजकहरु तथा प्रायोजकहरु उत्साहित देखिएका छन् र सबैको साथ र सहयोग समेत मिलेको छ ।

 नेपालमा बर्षैनी एक सय भन्दा बढि सौन्दर्य प्रतियोगिता हुने भएता पनि यो प्रतियोगिता भने आफ्नो भाषा सस्कृति, विशुद्ध युवाहरुको व्यक्तित्व विकास, सञ्चार क्षमता र प्रतियोगीहरुमा भएको आत्मविश्वास अभिवृद्धि गराउने कुरामा लक्षित हुने छ  ।मिस बिस्वकर्मा २०१६ को भाद्र एक गते देखि कोरियोग्राफी ट्रेनीङ सुरु हुन लागेको कुरा यस प्रतियोगिताका संयोजक राज बराइलीले बताए । परिवर्तन मिडिया हाउसको  म्यानेजमेन्ट रहने यस सौन्दर्य प्रतियोगिताको मुख्य उद्येश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको छ  र नेपाली समाजमा भएको कुरीति बिरुद्द सकारात्मक संदेश सम्प्रेषण गर्न यो प्रतियोगिता कोशेढुंगा साबित हुनेमा आयोजक कमिटि बिश्वस्त छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts