Thursday, August 4, 2016

घर बालेर आगो ताप्ने हामी !!

ram-chandra-sharma-300x275-1 (1)

बिस्वको यौटा कुनामा रमणीय भनि आकर्षित यो देश
सुनेर नाम नेपाली सदभाबले हुने हर्षित यो देश

पहिरन बोलि भाषामा अनि बिबिधताका अनेकतामा
फुलेका चार जात छत्तिस बर्णले भयो चर्चित यो देश

गोर्खाली नामले चौडा छाती हल्लन्थे  जो शत्रुका थरथरी
भिक्टोरियाक्रस उछिन्दा बिस्वले मानेको गर्वित यो देश

पन्छाई काँडा र सिस्नो,शहिदले सजाईएको फुलबारी
भत्काई भताभुङ्ग, अघि सर्ने यी नेताले ग्रसित यो देश

घर बालेर आगो ताप्दै आनन्द लिन बाध्य छन् नेपाली
स्वार्थपनले घमण्डी भै सुयोग्य नेतृत्वले बर्जित यो देश

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...