Friday, August 12, 2016

दाम्लोमा बाँधिएकी सृजनालाई अमेरिकाबाट ३५ हजार सहयोग

Srijana-Karki-Khadka-650x487अमेरिका, २८ साउन । अमेरिका निवासी अर्जुनप्रसाद मैनालीले दाम्लोमा बाँधिएर बस्दै आएकी उदयपुरकी गर्भवती महिला सृजना कार्की खड्कालाई आर्थिक सहयोग गरेका छन् ।

मैनालीले सृजनाको उपचार र रेखदेखका लागि ३५ हजार रुपैयाँ पठाएको जनाएका छन् । उनले सहयोगका लागि पनि अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अपील गरेका छन् ।

उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की खड्का थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेर वृद्धा सासु ससुराको सहयोगमा बस्दै आएकी छिन् । उनका पतिले छाडेर भागपछि मानसिक अवस्था ठीक नभएकी सृजनालाई बाँधेर राखिएको हो ।

जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर बसेकी छ महिने गर्भवती सृजनाको तस्बिर र समाचार सार्वजनिक भएपछि सहयोग गर्नेहरूले चासो देखाउन थालेका छन् ।

सृजनाले अबको तीन महिनामा बच्चा जन्माउँदै छिन् । ‘उनको नियमित उपचार र बच्चा हुर्काउन केही सहयोग आवश्यक पर्न सक्छ’, मैनालीले भनेका छन्, ‘त्यस बखत म तपार्इ अमेरिकावासी नेपालीहरुमा सहयोगको लागि पुनः आब्हान गर्नेछु ।’

मैनालीले अमेरिकामा १ सय २२ पटक रक्तदान गरेर चर्चा कमाइसकेका छन् । उनी सामाजिक कार्यहरूमा सक्रिय हुँदै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...