Monday, August 1, 2016

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

pokhara-basउर्लाबारी (मोरङ), १८ साउन । मोरङको डाँगीहाट–५ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट सोमबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७३८९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४५ वर्षीय प्रितीकुमार राईको मृत्यु भएको हो ।

सोमबार बेलुका बसको ठक्करबाट गम्भीर घाइते भएका राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ ५ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...