Wednesday, August 17, 2016

नागरिकमा आशाको सञ्चार गराउनुपर्छ : मन्त्री कार्की

Surendra-Kumar-Karki-344x433त्रिशूली (नुवाकोट), १ भदौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवी पत्रकारको हितको लागि आफूले भरमग्दुर प्रयास गर्ने बताउनुभएको छ ।

आज विदुरमा प्रेस सेन्टर नेपाल नुवाकोटको पहिलो एकता सम्मेलनको उद्घाटनमा मन्त्री कार्कीले पत्रकारको हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो “तर, तपाईंहरु पनि उत्तरदायी हुनुपर्छ ।”

मन्त्री कार्कीले अहिले सञ्चारमाध्यममा नकारात्मक समाचारलाई प्राथमिकता दिने गरेकाले देशमा राम्रो भन्ने केही नभएको सन्देश गइरहेकाले सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

देशलाई युवाको देश बनाउन सकारात्मक र आशावादी समाचारमा जोड दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो ‘‘देशलाई वृद्धवृद्धाको देश नबनाउनको लागि नागरिकमा आशाको सञ्चार गराउने मुख्य भूमिका पत्रकारकै हो ।’’

उहाँले सरकारले सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङ, पूर्व सभासद् विमला सुवेदी, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव ओम शर्मा, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले समाज परिवर्तन र विकासको लागि सञ्चारमाध्यमको भूमिका अग्रणी रहेको बताउनुभयो ।

प्रेस सेन्टर नुवाकोटका संयोजक रामहरि गजुरेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...