Tuesday, August 23, 2016

न्यायपालिकालाई सक्षम बनाउन सबै लाग्नुपर्छ: प्रधानन्यायाधीश कार्की

काठमाडौँ, ७ भदौ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिकालाई सबल र सक्षम बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले आज यहाँ आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले न्यायपालिकालाई सवल बनाउन आफूले प्रयत्न गरिरहेको र यसमा सबैलाई लाग्न आग्रsushilakarkiह गर्नुुभयो ।

प्रधानन्यायाधीश कार्कीले न्यायको क्षेत्रमा लाग्ने सबैले समयमा काम गर्न सके नतिजा राम्रो आउने र नागरिकको न्यायमा सहज पहुँच पनि पुग्ने बताउँदै कानुन व्यवसायीको समस्या समाधान गर्नसके न्यायपालिका सदैव राम्रो हुने विश्वास व्यक्तगर्नुभयो ।

महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले आफूले पाएको जिम्मेवारी सबैले समयमा पूरा गर्नसके सम्पूर्ण समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

न्यायाधीश हरिकृष्ण कार्कीले बारको समस्याबारे आफू राम्ररी जानकार भएको उल्लेखगर्दै ती समस्या समाधान गर्न आफूले सकरात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहालले पेसागत शुद्धताका लागि अधिवक्ताले राजनीति नगरेर वकालत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बारले प्रधानन्यायाधीश कार्की, महान्यायाधीवक्ता श्रेष्ठ र सर्वोच्च अदालततका नवनियुक्त ११ न्यायाधीशको सम्मान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...