Tuesday, August 23, 2016

तीन ग्यास सङ्कलन केन्द्रमा सिलबन्दी

Shirl-Bandiकाठमाडौँ, ७ भदौ । बजार अनुगमनका क्रममा आज पनि तीनवटा ग्यास सङ्कलन केन्द्र र एउटा खाद्य स्टोरमा सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा भएको अनुगमनका क्रममा आज रित्तो सिलिन्डरका लागि तोकिएका तौलभन्दा बढी तौलको सिलिन्डर भेटेपछि त्रिवेणी ग्यास कलेक्सन कोटेश्वर, इनर्जेटिक ट्रेनिक हाउस ललितपुर, सिद्धार्थ ग्यास कलेक्सन बालकुमारी गरी तीनवटा ग्यास सङ्कलन केन्द्रमा सिलबन्दी गरिएको छ । सिलबन्दी गरिएका सबै ग्यास सङ्कलन केन्द्रलाई थप कारबाहीका लागि विभागमा बोलाइएको छ ।

त्यसैगरी आज नै गरिएको अनुगमनका क्रममा उत्पादन मिति र उपभोग्य मिति नभएको, म्याद नागेका र लेबल नभएका सामान भेटेपछि सिद्धिविनायक खाद्य स्टोर तीनथानमा पनि सिलबन्दी गरिएको छ । मखनटोलमा रहेको १२ खाद्य पसलमा गरिएको अनुगमनमा लेबल नभेटेपछि केही सामान जफत गरी तीन दिनभित्र मूल्य सूची उत्पादन मिति र उपभोग्य मिति राख्न विभागका दिर्नेशक लक्ष्मण श्रेष्ठले निर्देशन दिनुभएको छ ।

सरकारले तोकेको ९६ औषधिको मूल्यसूची नराखेको र भ्याक्सिन राख्ने रेफ्रिजिरेटर घरायसी कामका लागि प्रयोग भएको भन्दै बी फार्मेसी बी एन्ड बी ग्वार्कोलाई पनि कारबाहीका लागि विभागमा बोलाइएको छ ।

त्यस्तै नयाँबजारका तीनवटा मासु पसललाई पनि कारवाही गरिएको छ । न्यू गार्खाली फ्रेस हाउसबाट उपभोक्ताको हित विपरीत रहेको भन्दै १९ किलो प्याकिङ मासु नष्ट गरिएको, चिकेन हट मिट सपबाट पनि प्यान नम्बर नभएको नक्कली बिल जफत गरिएको र माँ भगवती मिट स्टोरबाट पनि ८३ किलो खानका लागि अयोग्य मासु नष्ट गरिएको छ ।
सरकारले गत साउन ३१ गतेदेखि बजार अनुगमनलाई तीव्र बनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...