Thursday, September 1, 2016

अर्चनाको रिमिक्स म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

14080042_1192722590760019_403473252007219657_n

उत्तम बिक, काठमाडौँ १ सेप्टेम्बर, १ सेप्टेम्बर, नेपाली सांगीतिक जगतमा युवा पुस्तालाई समेटिएको एउटा छुट्टै मिठास भएको आधुनिक रिमिक्स गीतिएल्बम भेरियसनको म्युजिक भिडियो १ सेप्टेम्बर २०१६ का दिन सार्बजनिक भएको छ ।
सन् २०१२ मा मिस नेपाल अस्ट्रेलियाको फस्ट रनरअप तथा मोडल अर्चना कार्कीको यस गीतिएल्बम नेपाली धार्मिक सस्कार अनुसार कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिन पारेर अर्चनाको बुबा जया कार्कीको लागि उपहारस्वरुप सार्बजनिक गरेकी हुन ।

उदेश श्रेष्ठ फिचरिङ गिरीश खतिवडाको स्वरमा रहेको गीत ‘ हुन्छ मायामा’ को भिडियो काहानी हो। शब्द,संगीत दुवै उदेश श्रेष्ठको रहेको उक्त गीतको म्युजिक भिडियोलाई टेक बयलकोटी र सुदीप श्रेष्ठले संयुक्त रुपमा छायांकन गरेका हुन।

यस्तै सुदिप श्रेष्ठ र प्रबिन श्रेष्ठले भिडियोको सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा सुरेन श्रेष्ठ,अर्चना कार्की र एन्जिलीना श्रेष्ठले उत्कृष्ठ अभिनय गरेका छन्। भिडियोको निर्देशन अष्ट्रेलियामा रहेका सुरेन श्रेष्ठ (सुरेन्स फोटोग्राफी)ले गरेका हुन्।

सुरेश श्रेष्ठको निर्देशन रहेको यस गीतिएल्बममा नयाँ पुस्ताले खोजेको र रोजेको जस्तो सांगीतिक मनोरंजन दिने खालको रहेको नायिका तथा मोडल अर्चना कार्कीले बताएकी छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...