अधिकार लगायतका आन्तरिक समस्याको किचलो देश तथा विदेशमा फैलिँदै जाँदा देशको बेइज्जति बढेको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् । देशभित्रको कुनै पनि समस्यालाई देश भित्रकै शक्तिले मिलेर समाधान गर्नुपर्नेमा कतिपय विषय छिमेकीकहाँ पुग्ने गरेको प्रति संकेत गर्दै नेता नेपालले मुलुकको आन्तरिक बिषयलाई छिमेकी राष्ट्र वा बाहिरी शक्तिहरु समक्ष सुनाउदा आफनै देशको बेइज्जती भईरहेकोमा त्यस्ता कार्यहरु अविलम्ब बन्द गर्नुपर्ने बताएका छन् । सबै किसिमका समस्या समाधानका लागि वर्तमान सरकार अघि बढ्नु पर्ने र दलहरु विच एकता कायम गर्नेतर्फ वर्तमान सरकार क्रियाशील भएर अगाडि बढ्नु पर्ने बताएका छन् । वरिष्ठ नेता नेपालले देश विकासका लागी राजनितिक दलका प्रतिनिधिहरु पार्टीगत स्तर भन्दा माथि उठेर एक जुट हुनु पर्ने जोड दिए । गृह जिल्ला रौतहटको गंगापिपरामा रौतहट विकास गुठीको संयोजन तथा जापान सरकारको सहयोगमा निर्माण गरिएको नेपाल जापान मैत्री सामुदायिक भवनको बुधवार उदघाटन गर्दै नेता नेपालले विकास निर्माणका लागि सबै राजनितिक दल बिच सहकार्य हुन जरुरी रहेको समेत बताएका छन् । देशमा राजनीतिक भागबन्डाको रोग रहेकोले पनि देश विकास हुन नसकेको नेता नेपालको भनाइ छ । जनताको रगत पसिनाको कमाइबाट आएको पैसा सदुपयोग हुनु पर्नेमा समेत जोड दिएका छन् । जापान सरकारको ९७ लाख र स्थानीय जनश्रमदानबाट जुटाइएको झण्डै २४ लाख रुपैया गरी कुल एक करोड एक्काइस लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको नेता नेपाल र जापानी राजदुत मासासी ओगावाले संयुक्त रुपमा उदघाटन गरेका छन् ।
नेता नेपालले छिमेकीहरुको सहयोगले नेपालका विभिन्न आयोजनाहरु सम्पन्न भएको स्मरण गर्दै आगामी दिनमा पनि जापानको सहयोगको रौतहटवासीले अपेक्षा गरेको बताए । कार्यक्रममा बोल्दै नेता नेपाल ले चिनिया राष्ट्रपतिको सी जिङपिङको नेपाल भ्रमण स्थगन भएको खबर दुखद भएको बताए । भ्रमणका बारेमा आधिकारिक जानकारी आफूलाई नभएको तर भ्रमण रद्द हुन नदिन सरकारले यथोचित पहल गर्नु पर्ने उनले बताए । चिन मात्रै नभएर भारतका राष्ट्रपतिको समेत नेपाल भ्रमण हुनु पर्ने र नेपाली राष्ट्रपतिको भारत भ्रमणका बारेमा पनि सरकारले चासो दिनु पर्ने उनले तर्क राखे । उदघाटन पश्चात सम्बोधन गर्दै जापानी राजदुत मासासी ओगावाले नेपाल जापान सम्बन्ध निकै पुरानो भएको र रौतहटलाई सहयोग गर्न पाउदा खुशी लागको बताए । भारत संग सिमा जोडिएका नेपालको रौतहट जिल्लामा विकासका प्रचुर सम्भावनाहरु रहेकोमा यसको पूर्ण रुपमा सदुपायोग गर्नु पर्ने उनले बताए ।
रौतहट क्षेत्र नम्बर १ का सभासद समेत रहेका नेता नेपाल गृह जिल्ला आउँदा केही स्थानमा उनको विरोध पनि गरिएको थियो । नेता नेपालको विरोधमा कार्यक्रम स्थल रहेको गाँउ गंगा पिप्राका स्थानियले बजार बन्द गराएका थिए भने केहीले कालो झण्डा बाधेका थिए ।
सञ्जय मित्र, रौतहट
No comments:
Post a Comment