काठमाडौ,२२ भदौ ।
नापी कार्यालय मनमैजुका प्रमुख हवेन्द्र प्रसाद देव अकुत सम्पती कमाउने मध्येमा अव्वल मानिन्छन् । राष्ट्रिय भु—उपयोग आयोजना वानेश्वरबाट करोडौ रकमको वजेट आफ्नो श्रीमतीको नाममा रहेको राजदेवी कन्सल्टेन्सीमा पार्न उनी सफल छन् । उनले विभिन्न निकायमा रकम खर्चिएर यस वर्ष पनि करिव डेढ अर्व वजेट सो कन्सल्टेन्सीमा पारेका छन् । यस अघि नापी कार्यालय कलंकीमा रहेको नक्सा मेटेर रकम चलखेल गर्ने क्रममा हवेन्द्र सहित सहसचिव नगेन्द्र झा,प्रमुख नापी अधिकृत प्रकास जोशी र नापी अधिकृत प्रकास दुलाल निलम्वनमा परि विभागिय कारवाहीमा समेत परेका व्यक्ती हुन् । नापी कार्यालय मनमैजुमा दरवन्दी रहेपनि कार्यालयमा कहिले काँही देखा पर्ने हवेन्द्र सधै श्रीमतीको नाममा दर्ता भएको राजदेवी कन्सल्टेन्सीमा भेटिन्छिन् । सुव्वा सरहका नापी निरीक्षक विजयकुमार यादवलाई हरेक कामको जिम्मा उनले लगाउने गरेका छन् । विजयले सेवाग्राहीसंग कार्यालय प्रमुख नभएकाले काम गरी दिन्छु भन्दै हवेन्द्रसंगको मिलेमतोमा रकम असुल्ने गरेको सेवाग्राहीले वताए । सो कार्यालयमा सिसि क्यामेरा जडान भएपनि कुनै पनि माथिल्लो निकायले कार्यालय प्रमुख आए नआएको बारेमा चासो दिएका छैन ।
गत वर्ष डिल्लीवजार कार्यालयले कायम गरेको गोलढुङ्गाको साविक सरकारी बाटो समेत व्यक्तीको नाममा कित्ताकाट गरी लाखौ रकम समेत असुलेका थिए । उनले सो कन्सल्टेन्सीमा सरकारी कार्यालयको बा २ व ३४०० नम्वरको स्कुटर,ल्यापटप लगायत विभिन्न उपकरणहरु लगी प्रयोग गर्ने गरेका छन् । ट्रेड युनियन सम्वद्ध व्यक्ती कार्यालय प्रमुख हुन नपाउने व्यवस्था भएपनि कर्मचारी मंचको सचिव समेत रहेका हवेन्द्र कार्यालय प्रमुख भएर कार्यरत रहँदा पनि सम्वन्धीत निकाय मौन रहेको छ । हवेन्द्रको कारण काम गर्न असहज भएको भन्दै सोही कार्यालयमा कार्यरत कर्मचारीहरु नापी विभाग नपुगी सयुक्त सरुवा समेत मागेका थिए । आफुहरुलाई सम्झाई वुझाई पठाईएको एक कर्मचारीले वताए । विभागलाई समेत नटर्ने हवेन्द्रका कारण विभागका प्रमुख समेत मुखदर्शक रहेको ति कर्मचारीले वताए । नापी विभाग अन्र्तगत २०७२ वैशाखदेखी संचालनमा रहेको नापी कार्यालय मनमैजुका प्रमुख हवेन्द्र देव कार्यालयमा नआउने र अन्य कर्मचारीबाट काम गराई रकम असुल्ने गरेको भन्दै सेवाग्राहीहरुले उनलाई कारावाहीको माग गर्दै लिखित उजुरी समेत दिएका थिए । सो उजुरी नापी विभागका महानिर्देशक,भुमी सुधार तथा व्यवस्था मन्त्री,सचिव,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयलाई वोधार्थ दिई भुमी सुधार तथा व्यवस्था मन्त्रालय पुगी तत्कालिन सहायक मन्त्रीलाई वुझाएका थिए । हाल सम्म सो उजुरीको सुनुवाई हुन नसकेको सेवाग्राहीहरुले वताएका छन् । हाल भुमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले मन्त्रालय सम्हालेपछि यस्ता भ्रष्टचारीहरुलाई कारावाही हुनेमा आफुहरु आशावादी रहेको पिडित सेवाग्राहीको विश्वास छ । कार्यालयको काम भन्दा पनि विभाग,मन्त्रालय,सर्तकता केन्द्र,अख्तियार र मन्त्री नजिक हुन हवेन्द्र सधै धाउने गरेको कर्मचारीहरु वताउँछन् । नयाँ मन्त्री फेरिएपछि कसरी उनलाई आफ्नो पक्षमा पार्ने र नजिक हुने भन्ने मात्रै उनको योजना रहने र सो कन्सल्टेन्सीले गरेको काम र वजेट जोगाउन तर्फ मात्र लाग्ने कर्मचारीहरुको भनाई छ ।
के गर्छ राजदेवी कन्सल्टेन्सीले ?
हवेन्द्र प्रसाद शाहको श्रीमतीको नाममा दर्ता रहेको राजदेवी कन्सल्टेन्सीलाई राष्ट्रिय भुउपयोग आयोजना वानेश्वर मार्फत करिव डेढ अर्वको वजेट उपलव्ध गराईएको छ । सुरुको वर्ष ९ करोड वजेट परेको कन्सल्टेन्सीको हाल डेढ अर्वको सरकारी वजेट रहेको छ । देशभर जग्गाको खण्डिकरण वढ्दै गएकाले जग्गाको किसीम वर्गिकरण गर्ने काम राष्ट्रिय भुउपयोग आयोजनाको हो । खेतीयोग्य जमिन ,आवास क्षेत्र,औद्योगिक क्षेत्र लगायतका विभिन्न क्षेत्रहरु छुट्याई सरकारको विभिन्न निकायलाई सुझाव पेश गर्नु पर्ने आयोजनाले सो काम आफुले गर्दैन । मोटो रकमको दुरुपयोग गर्दै आयोजना मार्फत सो कन्सेल्टेन्सीलाई वजेट उपलव्ध गराईदै आएको छ । सो आवाश्यक भन्दा वढि विनियोजित वजेट हवेन्द्र मार्फत विभिन्न माथिल्लो निकायमा पुग्ने गरेको अयाोजनाका एक कर्मचारीले वताए । सो कन्सल्टेन्सीले देशभर दक्ष जनशक्ती मार्फत गर्नु पर्ने कामको २५ प्रतिशत पनि काम हाल सम्म गरेको छैन ।
No comments:
Post a Comment