Saturday, September 24, 2016

सुरक्षित बचतको साधारण सभा

14445424_1194985260574640_2109552649_n

चितवन, रत्ननगर ८ असोज ।
पूर्वी चितवनको खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका नवौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य भिमप्रसाद तिवारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानेले भावि कार्ययोजना, सचिव हरि भण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लालुप्रसाद दाहालले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक शिशिर सिंखडाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

14445640_1194985617241271_2131117783_nसंस्थाले आर्थिक बर्ष २०७२÷०७३ मा २९ करोड ८३ लाख ४९५ रुपैया कारोवार गरेको र सो आर्थिक बर्षमा संस्थाले ५३ लाख ९९ हजार ७८३ रुपैया मुनाफा गर्न सफल भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्ये प्लस टुमा उत्कृष्ट अंक ल्याउने सविना ओस्ती र गौरब कँडेललाई पुरस्कृत गरिएको थिया । त्यसैगरी संस्थाको कारोवार प्रर्बधनमा सहयोग गर्ने विजवृद्धि कम्पनी रत्ननगर, बसन्ती देवी पौडेल, ईश्वर कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका जेष्ठ शेयर सदस्य सुर्यनाथ न्यौपाने, कर्मचारी दुर्गादेवी पन्त तथा पूर्व कार्यसमिति तथा सल्लाहकारहरुलाई पनि सम्मान गरिएको थियो ।

14445796_1194987660574400_1790646130_nकार्यक्रममा शेयर सदस्यहरु विनोद रेग्मी, रमेश लामिछाने, नेत्रप्रसाद घिमिरे, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति गणेश शर्मा पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष शित्तलकाजी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रम संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

14459865_1194983043908195_231402451_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...