गुरुकुलका संस्थापक चर्चित रंगमंच कलाकार सुनिल पोखरेल ,निशा शर्मा र छोरा सहित आगामी असोज १२ बुधबार नेपाल बाट अमेरिका उड्ने भएका छन् l बिरामी भएर भर्खरै निको भएका सुनील, पत्नी र छोराका साथ दशै र तिहार समेत अमेरिकामा नै मनाउने हेतुले अमेरिका आई पुग्ने भएका छन् l
नेपालमा अत्यन्तै चर्चामा रहेको नाटक ‘याज्ञसेनी’ युएसए यात्रा २०१६ नामक कार्यक्रमको लागि आउने र अमेरिकाका बिभिन्न शहरमा प्रस्तुत गर्ने भएका छन् l ३ ई मनोरंजन ,भिन्तुना अन्तरराष्ट्रिय तथा नेपाल अमेरिका चलचित्र समाजको सयुक्त प्रयासमा ‘याज्ञसेनी’ युएसए यात्रा २०१६ अमेरिकामा दशैँ तिहारको कोसेली स्वरुप प्रस्तुति हुने छ l
अमेरिकाका बिभिन्न सहरमा नाटक मन्चन तथा रंगमन्च सम्बन्धि क्रियाकलापमा पोख्रेल परिवार करिब ४५ दिन अमेरिका बस्ने छन । कलाकार सुनील आफैंले निर्देशन गरेका नाटक ‘याज्ञसेनी’मा उनकी पत्नी निशा शर्माको एकल प्रदर्शन रहेको छ l महाभारतकी द्रौपदीको कोणबाट लेखिएको उक्त नाटक करिब एक घन्टा लामो रहेको छ भने याज्ञसेनी निशाको दोस्रो एकल अभिनयको नाटक हो ।
सुनील पोख्रेलका सुपुत्र निशांस पोख्रेलले रंगमंच कर्मी सुनीलको संक्षिप्त जीवन यात्रा माथिको प्रस्तुति गरिने नाटकमा आफ्नै बुबालाई निर्देशन गर्दै नेपाली रंगमञ्चमा फर्किंदै छन ।
निशाको एकल अभिनयसँगै सुनिलको जीवनयात्रा ‘ जर्नी ’ यात्रा पनि मञ्चन गरिनेछ । ‘ जर्नी ’अरु नाटकको शैली भन्दा पृथक रहेको सुनिलले बताए । उनले भने,‘यो नाटकको कथा मान्छेको जीवनको यात्रा हो । यसमा मानिसको मानसिक तथा शारीरिक दुबैको यात्राको बारेमा वर्णन छ ।’
सुनीलका सुपुत्र सानै देखि नाटकमा काम गरेकोले अब काम गर्न पनि खासै अप्ठ्यारो नहुने निशांसले बताए । उनले गुरुकुलमा मञ्चन भएका करिब आधा दर्जन नाटकहरुमा बालकलाकारको अभिनय गरिसकेका छन् । निशांसले यो नाटक यात्रामा प्रकाश र परिचालन क्षेत्र सम्हाल्ने जिम्मेवारी पाएका छन् ।
No comments:
Post a Comment