Wednesday, September 7, 2016

काम गर्नेलाई पुरस्कृत गर्छु, गल्ती गर्नेलाई छोड्दिन्ः मन्त्री बुढाथोकी

keshab-kumar-budhathoki-768x524काठमाडौँ, २२ भदौ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले प्रशासनिक सुधारका लागि सरोकारवाला सबै पक्ष तथा पूर्वप्रशासकदेखि बुद्धिजीवीसँग छलफल सुरु गरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले प्रशासनिक पुनःसंरचनाको प्रस्ताव चाँडै प्रस्तुत गर्ने बताउँदै प्रशासन क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री बुढाथोकीले भन्नुभयो, “एकातिर आयोगले भौगोलिक पुनःसंरचनाको काम गरिरहेको छ, अब हामी प्रशासनिक क्षेत्रको पुनःसंरचनामा जुटेका छौँ, यसको लागि गृहकार्य सुरु भएको छ ।”
आफू कर्मचारी सरूवा तथा बढुवाको कुनै लोभ लालचमा नफस्ने बताउँदै उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई दण्डको व्यवस्था गरिने बताउनुभयो ।

उहाँले दृष्टिविहीन, अपाङ्गता भएका कर्मचारीलाई उनीहरुकै रोजाईको क्षेत्रमा काम गर्ने वातावरण मिलाउने, वैवाहिक जोडीलाई एउटै क्षेत्रमा काम गर्ने वातावरण मिलाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

स्थानीय निकायको चुनाव मङ्सिरभित्र गर्न अध्यक्ष थापाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि करिब डेढ वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीअन्तर्गत काठमाडौँ उपत्यका विशेष भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष थापाले स्थानीय तह वा स्थानीय निकायको चुनाव जे गरेपनि मङ्सिरभित्र गर्न माग गर्नुभयो ।

उहाँले स्थानीय चुनावको प्रभाव प्रदेश र केन्द्रमा समेत हुने हुँदा यसको ठूलो महत्व रहेको विचार व्यक्त गर्दै कार्यकर्तालाई जनताको सेवालाई केन्द्रमा राखेर चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।
उक्त भेलामा केन्द्रीय पदाधिकारी, सदस्य, सांसद, काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्ष, नगर अध्यक्ष, क्षेत्रीय अध्यक्षले आआफ्ना तहबाट भए गरेका कामका बारेमा जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...