Wednesday, September 7, 2016

मोटरसाइकल चोरीमा संलग्न छ जना पक्राउ

hatkadiसुरुङ्गा (झापा), २२ भदौ । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई भारतीयसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

झापाका विभिन्न स्थानबाट हराएका १५ वटा मोटरसाइकलसहित मङ्गलवार पक्राउ परेका उनीहरुलाई आज इप्रका बिर्तामोडले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चन्द्रगढी–८ का २८ वर्षीय अशोक राजवंशी, बिर्तामोड–२ का १९ वर्षीय सइदुल सेख, भारतको दार्जीलिङ माटिगडा थाना बस्ने २१ वर्षीय जीवन राजवंशी, भारतकै किसनगन्जका २१ वर्षीय मोहमद साइदुन, हल्दिवारी–१ का २० वर्षीय राम भारती र भद्रपुर–१३ का २० वर्षीय दीपक रायलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुका साथबाट १० थान चोरीका मोटरसाइकलसमेत बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

मोटरसाइकल चोरी हुने क्रम बढेपछि इप्रका बिर्तामोडले प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...