Sunday, September 4, 2016

युवा नेत्री सरस्वति शाह द्वारा तरुण दलको महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षमा उमेद्वारी घोषणा

1977360_325338194343869_7549808139276723953_n

सुर्य चन्द काठमाडौँ- नेपाली कांग्रेश भित्र अहिले आफ्नो भातृसंगठनको चुनाब गर्ने लहरनै चलेको छ l भर्खर मात्र नेबि संघको चुनाब सम्पन्न गरेको कांग्रेसले अर्को भातृसंगठन तरुण दलको महाधिवेशन गर्न लागेको छ । पोखरामा सम्पन्न हुन गईरहेको तरुण दलको चौथो महाधिवेशनको तयारी तिब्र गतिमा भईरहेको पनि छ ।

10303729_234340883443601_3410690771462423945_n

पोखरामा हुन गईरहेको तरुण दलको आसन्न महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षका लागि नेत्री सरस्वति शाहले उम्मेदवारीको घोषणा गरेकी छन् । उनि तरुण दल भित्र पनि एक निडर, निस्वार्थी, नेतृत्व क्षमता र हक्की स्वभावकी नेत्रीमा पर्छिन l उनले बिपीको विचारलाई नारामा मात्र सिमित नभई कार्यन्वयन गर्न, राजनीतिको नाममा हुने भ्रष्टाचारको अन्त्यका लागी आफुले उमेद्वारी दिएको कुरा उनि बताउछिन । पार्टीको नेतृत्व तहमा सक्षम, योग्य र नेतृत्वदायी युवाहरु आउनुपर्छ भन्ने उनको बुझाई छ । उनि थप्छिन गुट बन्दीको राजनीति भन्दा माथि उठेर नेपाली कांग्रेशको मूल्य मान्यता अनुसार पार्टीलाई अगाडी बढाउनुनै अहिलेका युवा हरुको प्रमुख दायित्व भएको कारणले पनि आफुले तरुण दलको हुन गईरहेको आसन्न महाधिबेसंनमा केन्द्रीय कोषाध्यक्षको पदमा उमेद्वारी घोषणा गरेको कुरा उनि बताउछिन l

12993511_463216787222675_4945315205010009577_n

विपी कोइरालाको जीवनीबाट प्रेरित सरस्वति शाहले २०४९ सालमा बर्दियाबाट आफ्नो बिद्यार्थी राजनीति शुरु गरेकी हुन् । उनले ०५५ मा गाउ एकाइ समिति सदस्य, ०६४ मा तरुणदल केन्द्रीय पार्षद हुदै उनि ०७१ सालमा तरुणदलको केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेकी छिन् ।

14194250_517065701837783_584964005_n
नेपाली युवाहरुको माग सही तरिकाले सम्बोधन गर्न सक्ने क्षमता आफूमा भएकाले यस पटक नेपाल तरुण दलको आसन्न केन्द्रीय महाधिवेशनका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको शाहले बताइन् ।

14256383_517064435171243_1022580742_n
उनले आफू नेतृत्वमा पुगेमा तरुण दललाई चुस्त ढंगले संगठित गर्दै लैजाने र पार्टीको निर्देशन अनुसार अगाडी बढ्ने कुरा बताइन । उनले सम्पूर्ण नेपाली महिला तथा बिसेष गरि पिछडिएका, दलित र आवाज बिहिन महिलाहरुका हकहितका लागी काम गर्ने बताइन् । शाह भन्छिन ‘सबल, सक्षम र निष्ठापूर्वक नेपाली जनताको काम गर्न सक्ने तरुणदल नै भोलिको काँग्रेस हो र कांग्रेशको भोलिको भबिष्य पनि हो । स्मरण रहोस २०६४ सालमा तत्कालीन नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकीकरणपछि तरुण दलको अधिवेशन हुन सकेको छैन् त्यसै कारण पनि यो महाधिबेशन खास भएको जानकारी नेत्री शाह बताउछिन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...