Sunday, September 4, 2016

“न्यूयोर्कमा गीति एल्वम ‘संझना’ विमोचन”

jyoti 4

न्यूयोर्क, अगष्ट ४, २०१६  कवि स्व. भिमदर्शन रोकाको संझनामा उहांका सुपुत्र गीतकार तथा संगीतकार अमर रोकाको नयां गीति एल्वम ‘संझनामा’ हिजो न्यूयोर्कमा आयोजित एक कार्यक्रममा विमोचन गरियो ।

बुवाको मुख हेर्ने दिन, अर्थात कुशे औंशीको छेक पारेर आयोजना गरिएको सो कार्यक्रममा स्थानिय संगीतसाधक कलाकार; साहित्यकर्मी; एवं बिभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।

एल्वमका गीतकार तथा संगीतकार अमर रोकाको पुज्यनिय आमा मीना रोका; वाणिज्यदूत कृसु क्षेत्री; उप-वाणिज्यदूत प्रविण भट्टराई; साहित्य सर्जक गीता खत्री समेतद्वारा विमोचन गरिएको सो कार्यक्रममा प्रविण भट्टराई, गीता खत्रीले शुभकामना मन्तव्य दिनु भएको थियो भने कृसु क्षेत्रीले एल्वमको बारेमा बिवेचना गर्नु भएको थियो ।

jyoti 3

कार्यक्रममा चर्चित गायक जगदीश समाल र गायिका गीता बिर्लाकोटीले उहांहरुकै आवाजमा रेकर्ड गरिएका उक्त एल्वमका सुमधुर गीत प्रस्तुत गर्नु भएको थियो भने न्यूयोर्कमा रहेको ओम मेगा स्टुडियोका संचालक ओम कर्माचार्यको निर्देशनमा छायांकन गरिएको सोही एल्वमका दुईवटा गीतको भिडीयो पनि प्रस्तुत गरिएको थियो ।

सो म्युजिक भिडीयोमा मोडलहरु ईशान ढकाल; ज्योति; कृष थापाले अभिनय गर्नु भएको छ ।कार्यक्रमको अन्तमा उपस्थित सबै सहभागीहरुलाई एल्वमका गीतकार तथा संगीतकार अमर रोकाले हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमको उद्घोषण/संचालन ज्योतिकुमार श्रेष्ठले गर्नु भएको थियो ।

jyoti 5

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...