Thursday, September 29, 2016

बाँकेमा ५१ किलोको माला लगाइदिदा किन रिसाए गगन थापा ? फेसबुकबाटै जवाफ

gagan-thapa-4-650x411काठमाडौं, १३ असोज । स्वास्थ्यमन्त्री गगन थापालाई कोहलपुरबासीले ५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक बाँके आइपुगेका नेपाली काँग्रेसका युवा नेता थापालाई आफ्नो कार्यकालमा नाम अनुसारको काम गरेर देखाउन हौसला दिदै काँग्रेस कोहलपुर नगर कार्यसमितिले माला लगाइदिएर स्वागत गरेको हो । स्वागत ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीमा रहदाँ वा नरहदाँ जुनसुकै बेला जनताको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका थिए ।

‘नाम अनुसारको काम गर्नुहोला भनेर नै मन्त्री गगन थापालाई ५१ किलोको माला लगाइदिएका हौं,’ नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले भने ।

माला लगाइदिदा गगन किन रिसाए ?

बुधबार कोहलपुरमा स्थापना भएको स्वास्थ्य केन्द्रको उद्घाटन गर्न पुगेका थापालाई पार्टी कार्यकर्ताले ५१ किलोको फूलको माला लगाएर स्वागत गरे । र ५१ किलो फूलको माला लगाएको भन्दै स्वास्थ्यमन्त्री थापाको अर्को आलोचना भयो ।
आलोचनापछि उनले आफ्नो काम र हैसियत नर्बिर्सिएको भन्दै जवाफ फर्काएका छन् ।

जवाफ दिँदै उनले फेसबुकमा लेखेका छन्–

कोहलपुरको फूलको माला: मध्यमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वथाचौकी पुगेँ| ढोकामा हिंड्दा हिड्दै आकस्मत “कोहलपुर बासिको तर्फबाट ठुलोमाला” भन्दै माला पहिर्‍याइयो| मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाएँ| मंचमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथीलाई खोज्न लगाएँ अनि मंचमा बोलाएर मलाई सो कुरा मन नपरेको र यस्तो कहिँ कसैलाई नदोहोर्‍याउन आग्रह गरेँ|

मलाई मेरो जिम्मवारी राम्रोसंग थाहा छ| के गर्न हुन्छ के गर्न हुदैन भन्ने पनि राम्रोसंग थाहा छ| मालाको बिषयलाई लिएर चिन्ता गर्ने साथीलाई धन्यवाद! चिन्ता नगर्नुस म यस्तो बिषयमा अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि| तर यति सानो कुरालाई लिएर कोलाहल मच्चाउनेहरुले फेरी एकचोटी प्रमाणित गरेका छन् कि मैले के बिराउँला र यसलाई देखाइदिउँला भनेर बसेको एउटा जमात छ| त्यसैले आफुले गल्ति नगरेपनि वरिपरीको कुरामा समेत ध्यान दिएर काम गर्नुपर्छ, नचुकिकन थप मेहनत गर्दै जानुपर्छ भन्ने पाठ पनि सिकाएको छ|

साथै मेरालागि पार्टीको तथा अन्य कुनै पनि किसिमको कार्यक्रमहरुमा माला, खादा लगाइदिने, पत्रपत्रिकामा बधाई छपाउने जस्ता कार्यहरु नगरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु | तपाईहरुको साथ र स्नेह प्रति म सदैव आभारी छु | धन्यवाद |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...