काठमाडौं, १३ असोज । भारत र पाकिस्तानी सेनाबीच भीडन्त हुँदा दुई पाकिस्तानी सैनिक मारिएका छन् ।
कश्मिरको उरीमा १८ जना भारतीय सैनिक मारिने गरी भएको आक्रमणपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न भइरहेका बेला जम्मु–कश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा बिहीवार बिहान पाकिस्तान र भारतीय सैनिकबीच गोली हानाहान भएको पाकिस्तानी पत्रिका ले जनाएको छ ।
समाचार अनुसार पाकिस्तानको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले भीडन्तमा दुई सैनिक मारिएको पुष्टि गरेको छ । एलओसीमा भारतीय र पाकिस्तानी सैनिकबीच बिहीवार बिहान अढाई बजेदेखि आठ बजेसम्म गोली हानाहान भएको थियो ।
यता भारतले भने पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ ।
No comments:
Post a Comment