Thursday, September 29, 2016

कालोबजारी गर्ने पाँच जना पक्राउ

kalo-bajariचितवन, १३ असोज । जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ ।

अधिकतम मूल्य रु १८।–को पानीलाई रु २५।– लिई बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्युएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालीगण्डकी कोल्ड स्टोर्स र आर बिसी फुड एन्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने जिल्ला कार्यालयका खाद्य निरीक्षक नवीन देउजाले बताउनुभयो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकार संरक्षण मञ्चले बजारका खाद्य पसल अनुगमन गरेको छ ।

टोलीले साल्ट टेडिङ कर्पोरेसन लिमिटेडको गोदामसहित आनन्द मार्गका एक दर्जन थोक विक्री गर्ने खाद्य पसल अनुगमन गरेको देउजाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...