Thursday, September 1, 2016

डिसीमा टकमांडूको नेपलिज प्रोफेसनल मिट अप कार्यक्रम सम्पन्न

IMG_3369डिसी ,सेप्टेम्बर १ , टकमांडूले आयोजना गरेको नेपलिज प्रोफेसनल मिट अप कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ l प्रथम पटक भएको उक्त कार्यक्रममा अमेरिकामा रहेका नेपाली मुलका बिभिन्न पेशामा संलग्न रहेका चिकित्सक ,बैज्ञानिक ,अनूसन्धनकर्ता तथा अन्य पेशामा उच्च तहमा रहेकालाई एकै थलोमा राखी उनीहरुका सफलताका कथा ,अनुभव ,उत्प्रेरणामुलूक रोचक जानकारी सुनाएका थिए l

डिसी क्षेत्रको सेरोफेरोमा रहेका पढे लेखेका युवाहरुको संलग्नता रहेको टकमांडू टोलिले नेपाल र नेपालीहरुको हितको लागि बिशेष कार्यक्रम निर्माण गर्ने लक्ष्य अनुसार कार्यक्रम गरेको हो l

IMG_3374प्रारम्भिक चरणमा टकमांडूको उदेस्य बारेमा जानकारी गराउनुको साथै वक्ताहरुको परिचय गराईएको थियो l कार्यक्रममा ,उधमी तथा लेखक कर्ण शाक्य ,व्यवसायी सिजन श्रेष्ठ ,अधिवक्ता बन्दिता दाहाल शर्मा ,संचारकर्मी नारायण श्रेष्ठ ,चिकित्सक मदन उप्रेती ,डा संजिवन गौतम अन्य बिशेष व्यक्तित्वहरुले आफ्ना उत्प्रेरणामुलूक कथा तथा पेशाको बारेमा चर्चा गरेका थिए l

कार्यक्रममा सहभागीहरुले वक्ताहरु संग केहि जिज्ञाशा राखेका थिए l दुई चरणमा विभाजित कार्यक्रम पश्च्यात दिन भरिको थकाईलाई मेटाउन आयोजकले जलपान तथा सांगीतिक माहौल समेतको चाजो मिलाएका थिए l

IMG_3371उक्त कार्यक्रम वक्ताहरुमा उधमी तथा लेखक कर्ण शाक्यले हामी नेपालीहरु छिमेकि मुलकाका नागरिक भन्दा हामी कुनै कुरामा कमि छैन भन्नु भयो l र वहाले नेपालीहरु जता बसे पनि मुलुकलाई सहयोग गर्ने जहिले पनि भावना राख्नु पर्ने बताउनु भयो l शाक्यले नेपाल जनयुद्धको कठिन समयमा पनि आफुले गरेको संघर्ष संक्षेपमा प्रकाश पार्नु भएको थियो l

यसै गरि महिलाको तर्फ बाट प्रतिनिधित्व गर्दै डिसी क्षेत्रकि प्रसिद्ध अधिवक्ता बन्दिता शर्मा दाहालले आफुले जहिले पनि आफु भित्र किन भन्ने जिज्ञासा आउने भएकोले जे कुरामा पनि किन भन्ने बिषयमा छलफल गर्ने र तर्क पेश गर्ने गरेको बताउनु भयो l

IMG_3366र यसरि किन भन्नेको पछाडी तर्क पेश गरे पछि आमाबुवाले हाम्री छोरि भबिष्यमा वकिल पेशामा हुन्छे भनि कुरा गर्नु हुन्थ्यो भन्दै उत्प्रेरणामुलक कथा सुनाउनु भएको थियो l अन्तरकृया कार्यक्रम कै क्रममा अर्का ब्यबसायी सिजन श्रेष्ठले सानो उमेर देखि आफु ब्यबसायमा लागेको बताउनु भएको थियो भने आफु हस्तकला तथा अन्य सामग्रीहरु विश्व बजार मै बेच्ने गरेको बताउनु भएको थियो l र वहाले अमेरिकामा एक दिन पनि काम नगरी ब्यबसाय गरेको बताउनु भयो l यसै गरि दोश्रो चरणमा वक्ताहरुले यस्तै महत्वपूर्ण बिषयमा चर्चा गरेका थिए l

कार्यक्रमको अन्त्यमा टकमांडूका पुस्कर प्रजापतिले धन्यबाद दिएका थिए l

IMG_3364 IMG_3205 IMG_3204 IMG_3372 IMG_3371 IMG_3370

IMG_3365

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...