Tuesday, September 27, 2016

क्यानडामा रहेका नेपालीहरुको देशको अस्थीरताप्रति चिन्ता तत्काल राजनीतिक अस्थीरता हट्ने संभावना कम छः पूर्व मुख्यसचिव डा. कोइराला

img_3645
क्यानडामा रहेका नेपालीहरुले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनैतिक अस्थीरता प्रति चिन्ता ब्यक्त गरेका छन । उनीहरुले यही अस्थिरता  कारण देश  विकास, समृद्धिको दिशामा अगाडी बढ्न नसकेको पनि गुनासो गरेका छन । नेपाली जनसम्पर्क समिति  क्यानडाले हालै मिसीसागामा नेपालको राजनैतिक स्थीरता र आर्थीक विकासः संभावना र चुनौति बिषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनीहरुले चिन्ता ब्यक्त गरेका हुन ।
img_3639
समितीका सभापति तुल्सी पौडेलको अध्यक्षतमा सम्पन्न कर्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित अर्थविद तथा नेपाल सरकारका पूर्व मुख्यसचिव डा. बिमल प्रसाद कोइरालाले मुलुकमा लम्बिएको  संक्रमणकालले राजनैतिक अस्थीरता र बिकासको मार्गमा अगाडी बढ्न नसक्नुको मुख्य कारण भएको बताए । उनले केही समय अझै राजनैतिक स्थिरता हट्न् संभावना कम रहेको पनि दाबी गरे । अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले गठबन्धन संस्कृतिबाट मुलुकको बिकासको मार्ग पहिल्याउनुको बिकल्प छैन, कोइरालाले भने ।
img_3736
पुर्व अर्थसचिव समेत रहेका कोइरालाले मुलुकमा ठुला ठुला राजनैतिक परिवर्तन भएपनि त्यसको फाइदा केही ठुला बडाले मात्र लिनसक्ने अवस्था भएको तर अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण पनि राजनैतिक स्थीरता कायम हुन नसकेको दाबी गरे । उनले परिवर्तनका नाममा मुलुकलाइ विखण्डनको तर्फ लैजान नहुने भन्दै नेताहरुले राजनीतीलाइ समाज सेवा भन्दा ब्यवसायका रुपमा बिकास गरेका कारण पनि स्थायीत्व कायम हुन नसकेको जिकीर गरे । मुलुकमा पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा ठुलो संभावना रहेको भन्दै यस्ता संभावनायुक्त क्षेत्रको बिकासबाट मात्र मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने सक्ने उनको भनाइ थियो । अहिले सक्षम जनशक्ति देशको अवस्थाका कारण विदेशीएको भन्दै उनीहरुलाई रोक्न सक्ने अवस्थाको सिर्जन गर्ने दायीत्व पनि राजनैतिक नेतृत्वको दायीत्व रहेका बताए । कर्मचारीतन्त्र स्थायी सरकार हुने भएता पनि राजनैतिक नेतृत्व मुल भएकाले मुल नै कहिल्यै सफा नभएका कारण पनि कर्मचारीले पनि केही गर्न नसकेको भन्दै कर्मचारीको पनि कमजोरी रहेको स्वीकार गरे। उनले विश्वका जुनसुकै स्थानमा बसेका नेपालीहरुले देशको अवस्थाबाट दिक्क नमानी त्यहा सिकेका सिप, सम्पत्ती  जेजे छन सो कुरालाई स्वदेशमा लगानी गरी समृद्ध देश निर्माणमा सहभागी हुन पनि आग्रह गरे ।
img_3738
कार्यक्रमका बिशेष अथिति नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले कुनैपनि मुलुकको बिकास, समृद्धिका लागी राजनैतिक स्थायीत्व आवश्यक रहेको भन्दै त्यसका लागी राजनैतिक नेतृत्वको नै मुख्य भुमिका रहेको बताए । उनले नेपालमा अहिले सत्तामा जानका लागी खुट्टा तान्ने प्रबृतिका कारण पनि राजनीतीले स्थायीत्व कायम गर्न नसकेको दाबी गरे । विदेशमा  रहेका नेपालीहरुले पनि सक्दो सहयोग गरी समृद्ध देश  निर्माणका लागी सहयोग गर्न आग्रह गरे । अहिले देशको अवस्था देखेर कि त छाडेर हिड्ने, कि त आफुले सकेको गर्ने भन्ने मात्र बिकल्प रहेको पनि उनको भनाइ थियो ।
img_3744
कार्यक्रममा गैर आवासीय नेपाली संस्थाका अध्यक्ष तुल्सी सापकोटाले क्यानडामा रहेका नेपालीहरुले विश्वमा नेपाललाई चिनाउने कार्यका लागी सक्दो प्रयास विभिन्न रुपमा गरीरहेको दाबी गरे । उनले क्यानडामा रहेका सबै नेपालीहरुलाई एकत्रित गरी समृद्ध नेपाल निर्माणका लागी सामहिक प्रयासका लागी कार्य गरीरहेको जानकारी दिए । बाहिर बसेका नेपालीहरुले सक्दो प्रयास गरीरहेका भएपनि देशमा स्थायित्व कायम गर्न मुख्य रुपमा नेपालमा रहेका दलको भुमिका नै प्रमुख हुने बताए ।
img_3795
कार्यक्रममा गैर आवासीय संस्थाका पुर्व अध्यक्ष अनिल थापाले सरकार, राजनैतिक दलले विदेशमा रहेको नेपालीहरुले आर्जन गरेको सिप, क्षमता कसरी स्वदेश मा भित्रयाउन सकिन्छ भन्ने बारेमा स्पष्ट निती बताउनुपर्ने बताए ।
img_3820
पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाका सल्लाहकार तथा समाजसेवी शम्भु धमलाले बिकास समृद्धिका लागी देशमा धेरै संभावना भएपनि सक्षम नेतृत्व हुन नसक्दा देश सधै गरीबको गरीब नै रहेको बताए । उनले नेपाल विश्वमानै गरीब र भ्रष्ट मुलुकका रुपमा चित्रित हुदै गएको भन्दै चिन्ता ब्यक्त गरे ।
img_3846
सो अवसरमा शरद पौडेल, अन्जनी भट्टराई  र डा. बामदेव पौडेलले देशको समृद्धि विकास समेटिएका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरुले राखेका जिज्ञासाको  कोइरालाले जवाफ पनि दिएका थिए । त्यसैगरी समितिको  हालसालै निर्माण गरिएको वेवसाइट (www.nprccanada.org) को पनि कोइरालाले शुभारम्भ गरेका थिए ।
img_3883
विचार गोष्ठीको पूर्ण सफलताको लागि क्यानाडाका लागि महामहिम नेपाली राजदुत कालीप्रसाद पोख्रेलद्वारा पठाईएको शुभकामना संदेश पढेर सुनाईएको थियो। उक्त कार्यक्रममा एन. आर. एन. क्यानडा लगायत ग्रेटर टोरोन्टो एरिया साथै आसपास क्षेत्रमा क्रियाशील नेपाली समुदायका विभिन्न  संघ,संस्थाका प्रमूख एवं प्रतिनिधिहरु,संचारकर्मीहरु, प्रध्यापकहरु, पूर्व राष्ट्रसेवक कर्मचारीहरु लगायत विभिन्न पेशा र व्यवसायमा आवद्ध दाजुभाई दिदीबहिनीहरु  एवं शुभेच्छुकहरुको बृहत् उपस्थिति रहेको थियो ।
img_3917
कार्यक्रमको  समापन गर्दै समितिका सभापति पौडेलले अहिले क्यानडामा रहेको पुस्ता अस्थीरताका कारण देशको बिकास हुन नसकेकोमा चिन्तीत रहेको बताए । उनले आगामी पुस्ताको बारेमा यसै भन्न नसकिने तर अहिलेको पुस्ता भने आफुले विदेशमा आर्जन गरेको सिप, क्षमता, पुँजी  स्वदेशमा लगानी गर्न तयार रहेको तर त्यसका लागी सरकार र सम्बन्धित पक्षले उचित बातावारण बनाउनुपर्ने माग गरे।
img_3951
उक्त कार्यक्रमको संचालन समितिका महामन्त्री दीपक सापकोटाले गरेका थिए ।
जयनेपाल !
दीपक सापकोटा
महामन्त्री
img_3966 img_3960 img_3956 img_3951 img_3935 img_3917 img_3912 img_3903 img_3883 img_3868 img_3861 img_3858 img_3856 img_3853 img_3851 img_3850 img_3847 img_3846 img_3845 img_3841 img_3840 img_3833 img_3831 img_3828 img_3823 img_3820 img_3795 img_3744 img_3738 img_3736 img_3645 img_3639 img_3635 img_3632 img_3626 img_3613 img_3608 img_3603 img_3602 img_3587 img_3586 img_3585 img_3584 img_3583 img_3582 img_3568 img_3566 img_3565 2

seminar_press-release-page-001

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...