Thursday, September 8, 2016

अन्तर्राष्ट्रिय सनातन धर्मसभा कात्तिकमा काठमाडौँमा

1161103969काठमाडौँ, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ‘अन्तर्राष्ट्रिय सनातन धर्मसभा’ आउँदो कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ ।

मुलुकमा सनातन धर्म तथा हिन्दू राष्ट्र कायम गराउनका लागि प्रचारप्रसार तथा दबाब सिर्जना गर्न उक्त सभा गर्न लागिएको हो ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार हिन्दू जागरणका लागि गर्न लागिएको उक्त धर्मसभामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट धार्मिक गुरुको सहभागिता हुनेछ ।

धर्मसभालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा समितिसमेत गठन गरिएको त्यसमा केन्द्रीय पदाधिकारी, कार्य सम्पादन समितिका सदस्यहरु, अञ्चल संयोजकहरु, उपत्यकाका जिल्ला अध्यक्षहरु, पार्टी निकट भ्रातृ सङ्गठनका प्रमुख रहने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पनि पार्टीले देशका मुख्य सहरमा हिन्दू राष्ट्रको माग गर्दै रथयात्रा सम्पन्न गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...