Thursday, September 8, 2016

तोकेको जिम्मेवारी पूरा गर्न तयार : डा अवस्थी

lavadev-awasthiबैतडी, २४ भदौ । सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेका डा लवदेव अवस्थी बैतडीको शङ्करपुर–६ मा बुबा अम्बादत्त अवस्थी र आमा गङ्गावतीदेवी अवस्थीको कोखबाट २०१५ सालमा जन्मनुभएको हो । डा अवस्थी हाल नेपाल सरकारको सचिव पदमा काम गरिरहनुभएको छ ।

उहाँले आधारभूत शिक्षा भने शङ्करपुरमा रहेको शङ्कर संस्कृत उच्च मावि मूलखटालीबाट ग्रहण गर्नुभएको थियो । गत महिना मात्रै सरकारले उहाँलाई सचिवमा बढुवा गरेर मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा पठाएको थियो ।

भाषा आयोगको अध्यक्षमा नियुक्त भइसकेपछि अध्यक्ष अवस्थीले  कुराकानी गर्दै आफू सरकारले तोकेको जिम्मेवारी पूरा गर्न तयार रहेको बताउनुभयो ।

संविधानले भाषा आयोगलाई मुख्यतः चारओटा काम तोकेकाले आफ्नो कार्यकालमा ती काम कुशलतापूर्वक सम्पन्न गर्ने उहाँले बताउनुभयो । भाषा आयोगले सरकारी कामकाजको भाषाको विषयमा सरकारलाई सिफारिस गर्नेछ भने भाषाको विकास र विस्तारका लागि पहल गर्ने छ । यस्तै, विश्वविद्यालयहरुमा पठनपाठनको भाषाको विषयमा पनि आयोगले काम गर्ने अध्यक्ष अवस्थीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...