Sunday, September 11, 2016

च्याम्पियन लिसेस्टरमाथि लिभरपुलको जित

kasper२६ भदौ, काठमाडौं । फिर्मिनोको दुई गोलको मदतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टरमाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले लिसेस्टरमाथि ४-१ गोलको सहज जित हात पारेको हो ।घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले १३ औं मिनेटमा फिर्मिनोको गोलबाट अग्रता लिएको थियो । ३१ औं मानेले गोल गरे । ३८ औं मिनेटमा भर्डीले गोल गरेपछि पहिलो हाफ २-१ मा रहृयो ।

दोस्रो हाफमा पनि लिभरपुल नै हावी भयो । ५६ औं मिनेटमा लालानाले गोल गरे भने ८९ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले डिफेण्डिङ च्याम्पियनलाई सजिलै हराएको छ ।

जर्गेन क्लोपको लिभरपुलले चार खेलबाट ७ अंक बटुलेको छ भने लिसेस्टरको मात्र ४ अंक छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...