Sunday, September 11, 2016

हिगुइनको दुई गोलसँगै युभेन्टसको जित

higuain२६ भदौ, काठमाडौं । गोन्जालो हिगुइनले सुरुवाति १० मिनेटमा दुई गोल गरेपछि साविकको विजेता युभेन्टसले सास्वोलोलाई हराएको छ र इटालियन लिग सिरिएको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसले सास्वोलोलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले चौथो मिनेटमा नै हिगुइनको गोलबाट अग्रता लिएको थियो । १० औं मिनेटमा उनले नै दोस्रो गोल गरे । २७ औं मिनेटमा पिआनिचले  गोल गरेपछि युभेन्टस ३-० ले अगाडि रहृयो ।

३३ औं मिनेटमा सास्वोलोका आन्टीले गोल गरे । तर, खेलमा थप गोल हुन सकेन र युभेन्टस विजयी भएको छ ।

लगातार तीन जित हात पारेको युभेन्टस ९ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको नापोलीको ७ अंक छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...