Sunday, September 11, 2016

नेपालीे घरद्धारा ७ जना छात्र– छात्रालाई छात्रवृत्ति प्रदान गरि सम्मान

dsc_0135

कोलोराडो, अमेरीका
सेक्टेम्बर १०, २०१६
कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप सनिबार एक भब्य समारोह बिच ७ जनालाई छात्रवृत्ति प्रदान गरि सम्मान गरिएको छ ।

dsc_0132

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीले प्राप्त निवेदनहरु मद्मेबाट यस बर्ष उत्कृष्ट ७ जनालाई छात्रबृति दिने निर्यण गरेको हो । यसरी छात्रवृत्तिद्धारा पुरस्कृत हुनेहरुमा आबृती श्रेष्ठ, निकीता बराल, कुशलता सुवेदी, रजत श्रेष्ठ, रक्षा श्रेष्ठ , राशिब बस्नेत, सलिना राना रहेका छन् । यी सात मद्ये आबृती श्रेष्ठ, निकीता बराल लाई एक – एक हजार डलर नगद ट्रफी, प्रमाण पत्र, र खादा र अन्य पांच जनालाई पांच–पांच सय डलर नगद, ट्रफी, प्रमाण पत्र, र खादा पहि¥याई कार्यक्रममा उपस्थित अतिथीहरुले सम्मान गरेका थिए ।

dsc_0120

सम्मानित छात्र छात्राहरुलाई नेपाली घरका सल्लाहकार द्धय पुरुषोत्तम पाण्डे, डा. बिष्णुबहादुर श्रेष्ठ, नेपाली घरका अध्यक्ष योगराज गौतम, अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, नेपाली घरका बिशेष समितीका संयोजक डा. सुदिप प्याकुरेल, पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्य, एनआरएनका अध्यक्ष बासुदेब खनाल, ग्लोवल भुटनिज कमिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, तमुधि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, बिआटी नेपाल डटकमका शैलेस पोख्रेल, अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष साबु गदाल, यूस नेपाली न्यूजका बिकल पराजुली, लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ लगायतका अतिथीहरुले नगद, ट्रफी, प्रमाण पत्र, र खादा पहि¥याएर सम्मान गरेका हुन् ।

dsc_0110

नेपाली घरका सल्लाहकार द्धय पुरुषोत्तम पाण्डे, डा. बिष्णुबहादुर श्रेष्ठबाट धुप बालेर सुभारम्भ गरिएको कार्यक्रममा नेपालको राष्ट्रियगान र अमेरीकाको राष्ट्रिय गान गाईएको थियो । सम्मान कार्यक्रमलाई संम्बोधन गर्दै सल्लाहकार द्धय पुरुषोत्तम पाण्डे, डा. बिष्णुबहादुर श्रेष्ठ, राप्रपा नेपालका केन्द्रिय सदस्य हिक्मत ढकाल, बिशेष समितीका संयोजक डा. सुदिप प्याकुरेल लगायतका बक्ताले सम्मानित छात्र छात्राको उज्ज्वल भबिश्यको कामना गरेका थिए ।

dsc_0097

संस्थाका अध्यक्ष योगराज गौतमको सभापतित्वमा, डेनभर स्थित याक एण्ड यति रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा पूर्ब अध्यक्ष नारायण श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको संच्ँँलन छात्रवृत्ति छनौट समितीका संयोजक प्रमोद श्रेष्ठले गरेका थिए । त्यसैगरि नेपाली घरका महासचिव लक्ष्यमण रानाले कार्यक्रमको उद्धेश्य प्रष्ट्याएका थिए । आईटि अफिसर तथा छनौट समितीका सदस्य निर्मल श्रेष्ठले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोय गर्ने दाताहरुको नाम सार्वजानिक गरेका थिए भने कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रमक सञ्चालन गर्न कोषको रकम खर्च नभएको बताएका थिए ।

dsc_0081

सम्मानित छात्र छात्राहरुबाट छनौट समितीले विशेष प्रावधान तोकेर निवेदन आवा≈न गरेको थियो । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको, समुदायमा सामाजिक कृयाकलापमा भागलिएको , फुल टाईम कलेज पढ्ने प्लान गरेको , थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको , कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र समावेस गर्नु पर्ने जस्ता प्रवधानहरु रहेका थिए । । यसको साथै समितीले निवेदकहरुलाई ८ सय शब्द सम्मको निवन्द लेखि समावेस गर्नु पर्ने सर्त राखेको थियो ।

dsc_0048

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्ष गौतमले नेपाली घरले अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्ता कार्यक्रम ल्याईएको बताए । यहा“ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउने धारण राखे ।

dsc_0038
नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रिती स्थिती, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाले आफ्नो  संस्कृित संरक्षणको लागी बेला बेलामा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

dsc_0015

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...