Sunday, September 11, 2016

म कालो हुनुमा गौरव गर्छु, धेरैको मन र विश्वास जितेको छुः लालबाबु पण्डित

पूर्व सामान्य प्रशासन मन्त्री लालबाबू पण्डितले आफू कालो वर्ण भएकोमा गौरव गर्ने गरेको बताएका छन् ।

शुक्रबार हिमालय टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘यक्ष प्रश्न’ मा बोल्दै एमाले नेता समेत रहेका पण्डितले ‘म कालो भएपनि धेरैको मन र विश्वास जित्न सफल भएकोले गर्दा मलाई धेरैले मन पराउछन् र म आफूलाई गौरवाम्वित महसुस गर्छु ।

एमाले नेता शंकर पोखरेलको ट्वीटमा थोरै गल्ती देखिएको भन्दै तर, यसलाई जून हिसाबले उचालिएको छ त्यो गलत भएको बताए । ‘मधेसका जनताको मन दुखेको र गल्ती भएको महसुस गरेर उहाँ (पोखरले)ले स्टाटस हाइसक्नुभयो । तर, यो विषयलाई जसरी उचालिँदै छ त्यो गलत छ ।’

हेर्नुस् भिडियो अन्तर्वार्ताः

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...