Sunday, September 11, 2016

‘बेफिक्रे’ गीतमा ३ मिनेटमा २५ किस (हेर्नुस् रोचक भिडियो)

kissमुम्बई । ‘रब ने बना दी जोडी’ को ८ वर्ष पछि आदित्य चोपडा फेरि एकपल्ट राईटर अनि डाईरेक्टर बनेर आफ्नो चौथो चलचित्र बेफिक्रे लिएर आउदैछन् ।

केही महिना अघि पेरिसमा यो चलचित्रको शुटीङ चलिरहेको थियो, त्यो बेलामा आदित्यले चलचित्रको पहिलो पोष्ट सार्वजनिक गरेका थिए ।

जसमा रणवीर र वाणीले एकअर्कालाई किस गर्दै गरेको देखिएको थियो । चलचित्रको सबै पोष्टमा रणवीर र वाणी एकअर्कालाई किस गरिरहेका हुन्छन् ।

यस्तो देखेपछि हरकसैको मनमा एउटै प्रश्न उठेको थियो, आखिर यो पोष्टर सार्वजनिक गर्ने कारण के हो ? आदित्यले यसको जवाफ चलचित्रको पहिलो गीत ‘लबोंका कारोबार’ रिलीज गर्ने बेला दिएका छन् ।

लगभग सवा तीन मिनेटको यस गीतमा २५ अलग अलग जोडीले किस गरेको देखाएका छन् । तैपनि यो गीतमा चलचित्रको लीड जोडी देखाएको छैन् ।

हेर्नुस् भिडियोः

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...