क्यालिफोर्निया स्थानीय प्रतिनिधि अगस्त ३०, २०१६ लामो समय देखि अमेरिकाको सान पाब्लो सहरमा सपरिवार बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना पराया’ को नेपाल पछि अमेरिकाको बर्क्ली सहरमा समेत एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।
नेपालमा कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी र संगीतकार राजु सिंहले कृति सार्वजनिक गरेका थिए भने अमेरिकामा डा टिका लम्साल, डा बिनोध न्यौपाने, गीतकार/साहित्यकार बासु ढकाल, मणि दहाल, बिष्णु गुरुङ एकता लगायत अन्य साहित्यकारहरुले संयुक्त रुपमा गीति एल्बम “अनुकम्पा “तथा गीति सङ्ग्रह “आफ्ना पराया सार्बजनिक गरिएका थिए । सार्वजनिक गरिएको एल्वममा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । एल्बममा अन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपा महर्जन तथा सुरेन्द्र श्रेष्ठले स्वर रहेको छ ।
गीतकार दाहालले आफ्नो “म रुँदा हाँस्ने “ बोलको गीतको भिडियो समेत सार्बजनिक भईसकेको र निकै लोकप्रिय हुदै गरेको जानकारी दिएका थिए। कार्यक्रममा बोल्दै डा टिका लम्सालले प्रतिनिधी मुलक केहि गीतकार दाहालका गीति कविताको बाचन गर्नु भएको थियो भने पुस्तकमा देश प्रेम देखि बिदेशमा भोगेका घटनाहरुलाई राम्रो सैलिमा प्रस्तुत गरेको जानकारी गराउनु भएको थियो। दाहाल लगायत धेरै साहित्यकारहरु विदेशमा बसेर पनि नेपाली भाषा साहित्य र संगीतलाई जगेर्ना गर्न योगदान पुर्याकोमा सबै सर्जकहरुको प्रसंसा गर्नु भएको थियो । त्यसै गरि गीतकार दाहालले आफ्नो एउटा कविता “सडक को समेत बाचन गरेका थिए भने अन्य कबिता बाचन गर्नेहरुमा बाशु ढकाल, मणि दहाल. बिष्णु गुरुङ एकता र कार्यक्रमको अन्तमा सबैको आग्रहमा ध्रुव थापाले पनि “ फेसबुक सम्बन्धि कविता बाचन गरेका थिए। कार्यक्रम साझको ६ बजे प्रारम्भ भई करिब ९ बजे सम्पन भएको थियो। सम्भवत पहिलो पल्ट होला उपस्थित श्रोता/ दर्शकले एति लामो समयसम्म साहित्यिक कार्यक्रम हुदा समेत घर जान हतार नगरी अझै साहित्यक बिचार , रचनाहरु र कबिता सुन्ने चासो देखाएका थिए।
गीतकार/ कवि ध्रुव थापाले संचालन गरेको उक्त कार्यक्रममा उत्तरी क्यालिफोर्नियामा रहेका साहित्यकारहरु , बिभिन्न संघ संस्थाको प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय नेपाली रेडियो कार्यक्रम हाम्रो चौतारीका प्रस्तोताहरु लगायत साहित्यमा रुचि राख्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम संचालक थापाले उपस्थित सबैलाई कार्यक्रमका बिसिस्ट अतिथि भएको र यहाँ कोहि ठुलो सानो नभई सबै भाषा, साहित्य र समाजको प्रतिनिधीगर्नु हुने भएकोले सबैलाई संयुक्त रुपमा बिसिस्ट अतिथिको रुपमा यथा स्थानमै आसण ग्रहण गराई फरक र रोचक तरिकामा कार्यक्रम संचालन गरेका थिए। आफनो मन्तव्यको क्रममा उपस्थित धेरैले नेपाली भाषा साहित्य र संस्कृतिलाई प्रबर्धन गर्न बिशेष अनुरोध गर्दै बे एरियामा अन्य थुप्रै संघ सस्थाको कार्यक्रम भएता पनि साहित्यिक कार्यक्रम भने थोरै हुने गरेको र यसलाई समेत निरन्तर रुपमा गर्नु पर्ने धारणा व्यक्त गरिएको थियो।
सोहि कार्यक्रममा उपस्थित सबैको चाहना अनुरुप साहित्य कार्यक्रमलाई निरन्तरता दिन साहित्य समाजकोआवस्यकता रहेको समेत अभिव्यक्ति दिएका थिए।
सोहि अनुरुप २००६ सालमै स्थापना भएको अन्तरास्ट्रिय नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया निकायलाई पुन कार्यसिल गराउदै साहित्य सेवामा लाग्न सबैलाई अनुरोध गर्दै यस समाजका सस्थापक अध्यक्ष ध्रुव थापाले नया कार्यसमिति गठन गर्न तीन सदसिय निर्वाचन समितिको समेत घोषण गरेका थिए जसमा , प्रमुख आयुक्त मणि दहाल र अन्य दुइ सदस्यमा भगिरथ दाहाल र निर्मल फुयेललाई जिम्मेवारी सुम्पेका थिए। साहित्य समाजका संस्थापक महासचिव बाशु ढकालले अन्तरास्ट्रिय साहित्य समाजको बारेमा जानकारी गराउदै बिगदमा यस संस्थाले गरेको विभिन्न साहित्यिक कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो। आज फेरि यस क्षेत्रमा साहित्यकारहरुको बाक्लो उपस्थिति देखिएकोले र जान चासो बढेकोले यस संस्थालाई जिम्मेवारी पुर्वक आफ्नो काममा अघि बढ्न नया कार्यसमिति गठन गर्नु पर्ने आवस्यकता रहेको जानकारी गराउदै सबै साहित्यकार मित्रहरुलाई यस समाजमा आबद्ध हुन आग्रह समेत गर्नु भयो।
कार्यक्रममा धेरैले गीति एल्बम र पुस्तकलाई किनेर गीतकार दाहाललाई हौसला प्रदान गरेका थिए भने कार्यक्रममा आयोजकको तर्फबाट रात्रि आयोजना गरिएको थियो। अन्जु उप्रेती दाहालको प्रस्तुतिमा निस्किएको उक्त पुस्तक र एल्बमको बारेमा बोल्दै सबैलाई छोटो समयमा र आफ्नो व्यस्तताको बावजुद पनि समय मिलाएर कार्यक्रममा उपस्थित भई दिएकोमा धन्यबाद व्यक्त गरेकी थिइन्।
No comments:
Post a Comment