Sunday, September 4, 2016

साउदी अरबको जेद्दाले पनि २०७३ तीज धमका कार्यक्रम मनायो!!!

14269688_1089606204441428_735170188_n

ध्रुब क्षेत्री -(दोहा), नेपाली हिन्दु महिलाहरुले मात्र नभई प्राय धेरै जसो अन्य धार्मिक र सस्कृति मान्ने नेपाली महिलाहरुले बर्सौ देखिको पिडा पस्कने एक महान चाड तिज कार्यक्रम साउदीको जेद्दामा पनि सयु प्रबासी नेपाली महिला तथा पुरुषहरुको उपस्थिति मा नेपालि तमु धि जेद्धा समाज साउदीले गत सेप्टेम्बर २ शुक्रबार का दिन हर्स हुल्लाशका साथ् मनाएको छ! उक्त तमु धि जेद्दाको आयोजनामा संचालित कार्यक्रमलाई All- Smile Dental Home Private limited. गोङगोबु, काठमाडौंका संचालक Dr Johan Gurung द्वारा प्रायोजक गर्नु भएको थियो,समरण रहोश Dr Johan तमु धि जेद्दाका संरक्षक युवराज गुरुङका छोरा हुनुहुन्छ।

14215673_1089606267774755_1049770515_o

संस्थाका अध्यक्ष बुद्धिलाल गुरुङको सभापतित्वमा तिज विशेष कार्यक्रम सुचारु गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा साउदी अरब जेद्दाका महावाणिज्यदूत श्री रेवती रमण पौडेलको उपस्थिति थियो! साथै उक्त कार्यक्रममा साउदीको जेद्दा लगाएत विभिन्न सहरमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा अग्रज बुद्धिजीवी बर्गहरुको उपस्थिति थियो। महिला दिदिबहिनीहरुको महान पर्व भएको र उक्त कार्यक्रमलाइ कुनै बेक्तिबादी वा राजनीति करण नगर्ने उद्स्यले प्रमुख अतिथि महावाणिज्यदूत रेवती रमण पौडेल द्वारा मात्र शुभकामना संदेश बेक्त गरिएको थियो। उक्त अबसरमा महावाणिज्यदूत श्री पौडेलले आफ्नो संस्कृती र पहिचानलाई सधै जगेर्ना गरि राख्नु हामी देश बिदेशमा भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुको कर्तव्य भएकोले यसको जगेर्ना गर्न हामि जहाँ जस्तो अबस्थामा भए पनि लाग्नु पर्ने बताउनु भयो, साथै उहाले सम्पूर्ण नेपाल तथा प्रबाशमा रहेका नेपाली महिला दिदीबहिनीहरुमा महान चाड तिजको शुभकामना ब्यक्त गर्नु भएको थियो।

स्थानीय कलाकार तथा संस्थापक धन तमु र कलाकार खेम तमुको मिठो प्रस्तुति बाट सास्कृतिक कार्यक्रम सुरु गरिएको थियो भने अन्य कलाकारहरुले पनि विभिन्न प्रस्तुति दिनु भएको थियो। उक्त कार्यक्रममा महिला दिदिबहिनी तथा दाजुभाइहरु एकापसमा दिनभर तिजको गितमा हर्ष उल्लासका साथ खुशीयाली बाढदै नाच्नु भएको थियो भने रमाइलो कार्यक्रमलाइ बिदिबत रुपमा सान्ज ६ बजे समाप्ति गरिएको थियो।

उक्त कार्यक्रम तमु धि जेद्दाका महासचिव सुरज ( राम ) गुरुङ द्वारा संचालन गरिएको कुरा साउदीको जेद्दामा क्रियासिल गोर्खा समाज तथा नयासक्ति साउदीका अभियन्ता तथा समाजसेवी लक्षुमन क्षेत्री ले जनाकारी दिनु भयो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...