Sunday, September 4, 2016

सर्जक स्व. गोपाल योञ्जन स्मृति सांझ

a

(वाञा वाट अगाडिको हरमा क्रमशः— संगिता रमेश सौन्दर्या, राजु, निर्मल, मोहनकृष्ण, युवराज र पछाडितिर दाञा वाट क्रमशः —नविनः, मानकाजी, लाल, बीना, शिला,कमला, कृष्णा ÷सरस्वति राजन, अरुण , भावना, , सविता, सुषमा, ससिम, नलिन किशोर.. आदि))

क्यानडा नेपाल मैत्री तथा सांस्कृतिक समाज अन्तर्गत (सो को संस्थापक अध्यक्ष मानकाजी “ज्येना ” को संयोजकत्वमा) उक्त गोपाल योञ्जन स्मृति सांझ (१४औ पट—लके एकल सांझको रुपमा —रमेश÷ संगिता ज्युको निवासमा ) सम्पन्न भयो । करिव ३० जना नेपाली साहित्य तथा सङ्गित प्रेमीहरु – (कमला वज्राचार्य, सविता ÷अरुण ÷सरस्वति अमात्य, सुषमा÷राजन ÷सौन्दर्या प्रधान, रमेश÷ संगिता स्थापित, मानकाजी÷ वीना श्रेष्ठ। शिला शैजु, युवराज÷भावना प्रधान, विजय÷रोशनी अमात्य, मोहनकृष्ण र आमा कृष्णाश्रेष्ठ, लाल÷निर्मल वानिया,राजेश्वर ÷नालिन प्रधान, किशोर÷ ससिम प्रधान तथा नविन ढकाल आदि…) सहभागी भएको सो भेलालाइ स्वागत गर्दै निज “ज्येना ” ले निज गोपाल योञ्जन को बहुआयामिक जीवनी छोटकरी कवितावाट प्रस्तुत गर्नु अघि, परिचायत्मक कार्यक्रमवाट शुरु गरियको थियो ।

३ घण्टे उक्त कार्यक्रममा, सहभागीहरु द्धारा पालै पालो निज सर्जकवारे अरु प्रकाशपार्दै निजको अतुलनीय योगदान वारे कविता तथा निजद्धारा सिर्जित÷रचित तथा सङ्गितबद्ध एक से एक गीतहरु, जस्तै – वनेको छ पहराले यो छाति मेरो…, यति चोखो यति मीठो दिउला तिमीलाइ माञा…मेरो गीत मेरै प्रतिबिम्ब हैन, जीवनको हरेक मोडमा…… .आदि…., (एकल तथा सामुहिक रुपमा) समेत गाइएका थिए ।

यसप्रकारको कार्यक्रमले समस्त गै.आ.ने समाजलाइ अरु चुस्त दुरुस्त राख्न , तथा प्रतिभा प्रष्फुटन गराउन ठूलो मदत पुग्ने ठहर गर्दै, अझ बृहत (तथा संयुक्त) रुपमा निरन्तरता दिने क्रममा अक्टोवर ३० लक्ष्मीपुजा का दिन महाकवि (स्व. लक्ष्मी प्रसाद) देवकोटा जयन्ति मनाउन कोशिश गर्ने गरी विसर्जन गरियो।

स्मरण होस कि (निज “ज्येना ”कै पहलकदमिमा) विगतमा निम्न स्वर्गीय सर्जकहरुः क्रमशः महासंगीतकार —अम्वर गुरुंग, स्वर सम्राट —नाराएण गोपाल, यसस्वी तपस्वी — नातिकाजी श्रेष्ठ, गायक — फत्तेमान राजभण्डारी, युग कवि—सिद्धिचरण श्रेष्ठ, प्रकृतिविद— हुतराम वैद्य, तथा साहित्यकार— जगदीश घिमिरेहरु को वारेमा पनि एकल÷स्मृति साझ मनाइएका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...