Wednesday, September 7, 2016

“मिस बिस्वकर्मा २०१६”को फिनाले भाद्र ३१ गते शुक्रबार आर्मी अफिसर्स क्लब टुडिखेलमा हुदै

miss-biswakarma

काठमाडौँ : परिबर्तनको लागि हाम्रो आवाज भन्ने मूल नारा सहित युवा पिडि बाटनै सकारत्मक समाज परिबर्तन गर्न सम्भब छ भन्ने मुख्य सोचका साथ नेपालमै पहिलो पटक “मिस बिस्वकर्मा २०१६” प्रतियोगिता आयोजना गरिदैछ ।तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचानको लागि क्रियटिभ इनसाइट मिडिया प्रालिले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न पटक आयोजना गर्न लागिएको यस प्रतियोगितामा बिस्वकर्मा भित्रका करिब १०६ थरहरुलाइ लक्षित गरिएको छ l

creative-copy

परिवर्तन मिडिया हाउसको ब्यबस्थापन रहने यस सौन्दर्य प्रतियोगिताको मुख्य उदेश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको छ।”मिस बिस्वकर्मा २०१६” को ग्राण्ड फिनाले यहि आउदो भाद्र ३१ गते शुक्रबार २०७३ आर्मी अफिसर्स क्लब टुडिखेलमा दिनको ठिक २:०० बजे हुदैछ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...