सम्पूर्ण मिडिया सहयोगीहरु !
अमेरिकामा बसोबास गर्ने नेपालीहरुको ४३ बर्ष पुरानो संस्था “अमेरिका नेपाल सोसाईटी, क्यालिफोर्निया” ANSCA ले आफ्नो स्थापनाकालदेखी नै हरेक बर्षको दशैमा गर्दै आएको “दशैं बिशेष कार्यक्रम” यस बर्ष पनि निम्न स्थान, मिती र समयमा भब्य रूपमा सम्पन्न गर्ने तयारी गरेको हुँदा, तपाईंको मिडिया मार्फत सो को सूचना प्रभावकारी रुपमा सम्प्रेशण गरी सो कार्यक्रममा सहभागी हुन चाहने सम्पूर्ण नेपाली-अनेपाली(गैह्र नेपाली मूलका) बिशेष गरी दक्षिण क्यालिफोर्निया, लस एन्जलस र यसको सेरोफेरोमा रहेका जनसमूदायहरुलाई सुसूचित गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रमका बिशेषताहरू :
१- बडा दशैं तथा तिहारको शुभकामना आदान प्रदान ।
२- डि जे सहितको नाच गान तथा अन्य मनोरन्जनात्मक कार्यक्रम ।
३- दशैं भोज : सामुहिक डिनर ।
स्थान : Royal Delhi Palace
२२३२३ Sherman Way #11, Canoga Park, CA 91303
समय : साँझ ७ बजे देखी मध्यरात १२:०० बजे सम्म।
मिती : अक्टोबर ७, २०१६ शुक्रबार
थप जानकारी को लागी संपर्क:
“अमेरिका नेपाल सोसाईटी, क्यालिफोर्निया” ANSCA
No comments:
Post a Comment