Monday, September 26, 2016

“नेप्लिज” हैन “नेपाली”

14470438_10154727637527122_3294253416843122164_n

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले “नेप्लिज” भन्ने शब्दलाई हटाएर “नेपाली” नै प्रयोग गर्ने आफ्नो निर्णयलाई मन्त्रिपरिषदमा पनि छिट्टै लाने जानकारी दिएका छन् ।

संयुक्त राष्टसंघको ७१ औं महासभालाई आइतबार सम्बोधन गरेपश्चात नेपाल अमेरिकी पत्रकार संघ(नेजा)ले न्युयोर्क मै आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. महतले तत्कालका लागि विश्वभर रहेका नेपाली राजदुतावास, कुटनीतिक निगोय, कन्सुलेट अफिसहरुलाई पनि मन्त्रालयले गरेको यस निर्णयबारे परिपत्र गरिसकेको बताए
“मैले भाषाविद्हरुसंग पनि यसबारे छलफल गरेको थिए, र उहांहरुले यो कुरा सहि भएको सल्लाह दिएपश्चात मैले यो निर्णय गरेको हुं,” उनले भने । “नेप्लिज भन्नुभन्दा नेपाली भन्दा ह्दय छुन्छ ।”
14433209_10206936449305857_4900711915822794136_n
मन्त्री महतले नेपाल सरकारले जारी गरेको हालको पासपोर्टमा “नेप्लिज” भएपनि अब नयां छापिने पासपोर्टमा “नेपाली” नै हुने जानकारी दिए ।
“अब एम. आर. पी. बाट पनि अर्को पासपोर्टमा जाने कुरा भइरहेको छ, त्यो छाप्ने बेलामा “नेपाली” नै हुन्छ,” महतले भने ।
डा. महत गत महिना परराष्ट्रमन्त्रीको रुपमा बहाली भएपश्चात यो निर्णय गरेका हुन् ।
डा. महतसंगको छोटो कुराकानी सुन्न यहां क्लिक गर्नुहोस्।

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...