काठमाडौं, १६ भदौ । पाकिस्तान र चीनबीच हतियारसम्बन्धी सुरक्षा सम्झौता भएको छ ।
सम्झौता अनुसार चीनले पाकिस्तानलाई ८ वटा पानी जहाज दिने भएको छ । लगभग ५ अरब डलरको यस सम्झौतामा पाकिस्तानले चीनबाट अहिलेसम्मकै सबैभन्दा बढी हतियार खरिद गर्ने बताइएको छ ।
यद्यपी चीनले उपलब्ध गराउने भनेका यी पानी जहाजहरु कुन किसिमका हुन भनेर खुलाइएको छैन । तर, अन्दाजी ०३९ र ०४१ युआन क्लास भन्दा हलुका हुने अनुमान गरिएको छ ।
यो सँगै पाकिस्तानले ८ वटा पानी जहाज सन् २०२८ सम्म पाउने सहमति भएको छ । साथै एउटा लडाकु विमान पनि समावेश गरिएको छ । जे १७ लडाकु विमान दुबै देशले मिलेर निर्माण गरेका थिए ।
अमेरिका र भारतबीच न्युयोर्कमा हतियार सम्झौता भएको एक हप्ता नबित्दै चीन र पाकिस्तानबीच हतियार सम्झौता भएको हो ।
No comments:
Post a Comment