ब्यबस्थापिका संसदका सभासद एवम नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री मोहनबहादुर बस्नेतसंगको भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आउनुभएका सभासद बस्नेत डि सि, न्यूयोर्क, सान फ्रान्सिस्को हुंदै आज लस एन्जलस आईपुग्नुभएको हो । नेपाली जनसम्पर्क समिती अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा पूर्व मन्त्री बस्नेतसंगको अन्तर्कृया नेपाल अमेरिका एकता समाजको कार्यालय, आर्टेसियामा आज आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सभासद बस्नेतले संविधान कार्यन्वयन, सरकारमा नेपाली कांग्रेसको भूमिका, मधेशी आन्दोलन, टिकापुर घटनाको वास्तविकता र भुकम्प र बाढी पहिरोको बिपत्तीमा प्रवासमा रहेका नेपालीहरुले गरेका योगदानका बिषयमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका बिशेष अतिथी बाणिज्यदुत ॠषि ढकालले दोहोरो नेपाली नागरिकता, सक्षमताको लागि स्वाबलम्बी ब्यवसाय र यस क्षेत्रमा नेपाली दुतावासको आवश्यकताबारे आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरका सल्लाहकार मुकुन्द ढुंगानाली स्वागत मन्तब्य दिनुभएको थियो । यसैगरी श्रीपशुपतीनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि हेमराज भट्ट, नेपाली जनसम्पर्क समिती, अमेरिकाका केन्द्रिय सदस्य एवम प्रचार बिभाग प्रमुख गोकुल ढकालले आ-आफ्न प्रवासी सामुदायिक प्रगती, संस्कृतिको जगेर्नाका लागि साउदर्न क्यालिफोर्नियाका नेपाली समुदायले चालेका कदमहरु, दोहोरो नेपाली नागरिकता, यस क्षेत्रमा नेपाली दुतावसको आवश्यकता, र नेपालबाट आउनुहुने पाहुनाहरुले यहाँबाट सिकेर परिवर्तनको आभाश स्वदेशमा दिनुपर्ने प्रयासहरुका बारे आ-आफ्ना धारणाहरु राख्नुभएको थियो ।च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्थानिय सामुदायिक संस्थाका पदाधिकारीहरु, अग्रज र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन च्याप्टरका महासचिव गंगाबहादुर बस्नेतले गर्नुभएको थियो भने उपस्थितहरुको प्रश्नका जवाफहरु प्रमुख अतिथी श्री बस्नेतले दिनुभएको थियो ।
No comments:
Post a Comment