Tuesday, October 4, 2016

संसदको बैठक बस्दै, केही नयाँ विधेयक सदनमा पेश हुन सक्ने

bicc-samsad-bhawanकाठमाडौं, १८ असोज । विभिन्न विधेयकमाथिको छलफलका लागि व्यवस्थापिका संसदको बैठक बस्दैछ ।

बिहान ११ बजेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बस्ने बैठकमा यसअघि सदनमा पेश भएका विधेयकमाथि छलफल हुन सक्नेछन् ।

बैठकमा निर्वाचनसम्बन्धी विधेयक पनि पेश गर्ने सरकारले तयारी गरेको स्रोतको भनाइ छ । दलहरूलाई नियमन गर्न कडा कानूनी व्यवस्था राखेर सरकारले नयाँ विधेयक ल्याउन लागेको बताइएको छ ।

संसद बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा पनि धारणा राख्ने छन् । विशेष समय र शून्य समयमा आआफ्ना समस्या राख्ने बताइएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...