Tuesday, October 4, 2016

नागढुङ्गाबाट लागुऔषधसहित तीन पक्राउ

lagu-aasaudhiकाठमाडौँ, १८ असोज । प्रहरीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा दुई बसबाट लुकाइछिपाई काठमाडौँ भित्र्याउन लागिएको लागुऔषध बरामद गरेको छ ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा ५ ख ४६८४ नंको यात्रुबाहक बस नागढुङ्गाबाट खटिएका प्रहरी टोलीले जाँच गर्दा नाइट्रोपाम सहित वसन्तपुर, पर्सा घर भएका २६ वर्षीय राजेश मुखिया र भैरहवाबाट काठमाडाँै आउँदै गरेको लु १ ख ७१९५ नंको बसमा डाइजेपाम सहित सुनवल, नवलपरासीका प्रदीपकुमार मल्ल र सो लागुपदार्थ कलङ्कीमा लिन आएका गङ्गबु, काठमाडौँका निरञ्जन महर्जनलाई पक्रेको महानगर प्रहरी प्रभाग थानकोटका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार दाहालले जानकारी दिनुभयो ।

चाडपर्वलाई लक्ष्य गरी राजधानीमा सुरु गरिएको विशेष सुरक्षा योजना अन्तर्गत जाँच, गस्ती लगायत गतिविधिलाई प्रहरीले तीव्रता दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...