Tuesday, October 4, 2016

तत्काल संविधान संशोधन गर्नुपर्र्छः डा भट्टराई

babu-ramइनरुवा, १८ असोज । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री डा भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिनुभयो ।

संयोजक डा भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...