Sunday, October 9, 2016

एकै वर्षमा पाँचवटा झोलुङ्गे पुल सञ्चालन

jखोटाङ, २३ असोज । झोलुङ्गे तथा स्टिल ट्रष्ट गरी खोटाङमा पाँच वटा पुल एकै वर्षमा निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।

दिक्तेल र बुइपा जोड्ने कुसुङ्खा, चिसापानी र डम्बर्खुशिवालय जोड्ने काभ्रेखोला, ऐसेलुखर्क र राखावाङ्देल जोड्ने नाँैवापुछार झोलुङ्गे पुल तथा चिप्रिङ र स–छितापोखरी जोड्ने साततले र दोर्पाचिउरीडाँडाको भालुकोरेस्थित लप्सेखोलामा निर्माण गरिएको स्टिल ट्रष्ट हालै सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्राविधिक कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयवासीको श्रमदानमा पुल निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । तर्न नसकिने खोलामा पुल सञ्चालन भएपछि घन्टौँ हिँडेर खोला पार गर्नुपर्ने समस्या समाधान भएको स्थानीयवासीले बताएका छन् ।
“यस वर्ष आठ वटा पुल निर्माण गर्ने योजना बनाइएको थियो ।” े जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर राजु श्रेष्ठले भन्नुभयो, “बाँकी तीन वटाको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेकाले चाँडै सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”

भौगोलिक रुपमा विकट मानिएको खोटाङ जिल्लामा अझै धेरै ठाउँमा झोलुङ्गे पुल बनाउनुपर्ने अवस्था छ । मध्यपहाडी लोकमार्गले छोएको खोटाङ जिल्लामा अहिलेसम्म १६५ ठाउँमा झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...