Saturday, October 29, 2016

मुुहानको पानीमा हैजाको कीटाणुु

1k-gagro-paniमलेखु (धादिङ), १३ कात्तिक । उपभोक्ताले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको कीटाणु भेटिएको छ ।

दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको कीटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले जानकारी दिनुुभयो ।

नौबिसे र थाक्रे गाविसमा रहेका खानेपानीको विभिन्न २५ स्थानबाट पानीको नमुना लिइएकोमा हैजाको कीटाणु भेटिएपछि सावधानी अपनाइएको छ ।

सो क्षेत्रमा रहेका १८ जना मानिस बिरामी भएपछि पानी परीक्षण गरिएको थियो । महामारी रोकथामका लागि स्वास्थ्य तथा पोषण क्लस्टरले योजना बनाई महामारी फैलन नदिएकाले नियन्त्रण गर्न सकिएको क्लष्टरका सदस्य गोकर्ण रुपाखेतीले बताउनुुभयो ।

पानीमा हैजाको किटाणु भेटिएको र पानीमा हैजाको कीटाणु भेटिएको क्षेत्रमा सबै घरमा पानी निर्मलीकरण गर्न पियुस वितरण गरिएको छ भने हातधुने बानी बसाल्न अभियाननै चलाइएको छ ।

रोग नियन्त्रणमा आएकाले कुनै समस्या नभएको मल्लको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...